चिनियाँ जासुस सम्झेर भारतीय प्रहरीले परेवा समातेपछि...
आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।
आठ महिना अघि भारतको मुम्बई पुलिसले एउटा परेवालाई चिनियाँ जासुसको आशङ्कामा पक्राउ गरेको थियो। उक्त परेवालाई उडाइएको हो।
मकवानपुर चित्लाङकी रविना बस्नेतले हनुमानढोका परिसरमा मकैगहुँ लगायतका अन्न (चारो) पोकामा बेच्न थालेको तीन वर्षभन्दा बढी भयो। मन्दिर परिसर आउने श्रद्धालुले परेवालाई खुवाउने उक्त आहारा बेचेर बस्नेतको गुजारा चल्ने गरेको छ।
तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ। छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो।
धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए। रैथाने प्रविधि लोप भए। मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे। वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका छन्।
लकडाउनका कारण चाराे नपाएर अफगानिस्थानमा एक हजारभन्दा बढी परेवा मरेका छन्।
‘यी परेवालाई मसँगै लैजान्छु, नत्र म पनि जान्नँ,’ ७१ वर्षीय सन्त चित्रकारको निर्णय सुनेपछि उनलाई लिन गएका व्यक्तिहरू अचम्ममा परे।
इलाम बजारको शोभाका रूपमा लिइने परेवा भकाभक मर्न थालेपछि कुनै सरुवा रोगको हुनसक्ने आशंकाले त्रास बढेको छ। महिनादिनयता बजारनजिकै माइस्थान मन्दिरमा रहेका परेवा पालैपालो मरिरहेपनि रोग पत्ता नलाग्दा घरमा पालिएका कुखुरालगायत पन्छीमा समेत सर्ने डर भएको हो।
लागु औषध गाँजालगायतको लागुऔषध बोकेर जेल तर्फ जाँदै गरेको परेवालाई अर्जेन्टिनी प्रहरीले गोली हानी रोकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्रलाई गाली गरेको पत्र बोकेको एउटा पाकिस्तानी परेवालाई भाारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेको भारतीय संचार माध्यमले जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए।