१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सरकामा थपिए दुई मन्त्री, सञ्चार राज्यमन्त्री बाँस्कोटाको बढुवा

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा सञ्चारमन्त्रीमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री रहेका बाँस्कोटा शुक्रबार सञ्चारमन्त्रीमा बढुवा भएका हुन् ।

२९८ जनालाई सहायक निरीक्षकमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फ २९८ जनालाई सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली २०७१ को परिच्छेद ४ को उपनियम ४ को प्रयोजनका लागि बढुवा सिफारिस गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

जनपदतर्फ २२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ।

जनपदतर्फ १६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस

बढुवा समितिकाे साेमबार बसेकाे बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ काे नियम २७ काे उपनियम (४)काे प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएकाे जारी विज्ञप्तीमा उल्लेख छ।

फाइल बढुवा, छाताधारी र जुझारु कांग्रेस

विराटनगरबाट काठमाडौँ उड्ने बुद्ध एयरको जहाज ‘डिले’ भएर म विराटनगर विमानस्थलमा बसिरहेको छु। मेरो दायाँवायाँ उर्लावारी, धरान र विराटनगरका भद्रभलाद्मीहरू राजनीतिक चर्चा गर्न व्यस्त छन्।

'सरुवा बढुवाका फाइल बोकेर नहिँड्नुस्'

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइएको छ। संसद भवन बानेश्वरमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र पूर्व सभामुख सुभास नेम्वाङले सदनमा सांसदले खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए।

सशस्त्रका ५ डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरी बलका ५ प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्। आइतबार गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सशस्त्रका ५ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले नागरिक न्यूजलाई जानकारी दिए।

एआइजीमा नेपाल प्रहरीका चार जना बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको निर्णयअनुसार मन्त्रालयले प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज श्रेष्ठको नाम सिफारिस गरेको हो।

मेयर शाक्यद्वारा पुनरावलोकन नगरी नगरप्रहरीको बढुवा

महानगरका सहप्रवक्ता तथा मेयर शाक्यका सचिवालय प्रमुख नमराज ढकालले भने प्रक्रियागत हिसाबबाटै बढुवा गरेको बताए । ‘मन्त्रालयले बढुवा निर्णय बदर गर्नु भनेको छैन,’ उनले भने, ‘कानुनविपरित भएको लागेमा अन्याय हुनेहरू अदालत जान सक्छन् ।’ नगर कार्यपालिका बैठकबाटै पारित गराएर निर्णय कार्यान्वयन गराएको बताउँदै सबैले चासो लिन नपर्ने धारणा ढकालको छ ।

बढुवा र सुविधा थप गरेरै कर्मचारी समायोजन गर्न सांसदको माग

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा कर्मचारी समायोजनसम्बन्धी प्रस्तावित विधेयक, २०७४ को संशोधनमाथि छलफल सुरू भएको छ। नेपालको संविधानको धारा, ३०२ अनुरुप प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न सरकारी सेवामा कार्यरत कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथाकीले सो विधेयक प्रस्तुत गरेका थिए।

प्रहरी बढुवामा यसरी हुन्छ नम्बरको खेल

बढुवामा चलखेल हुने कार्यसम्पादन मूल्यांकनबापतको ४० नम्बरमा हो। ४० मध्ये सुपरीवेक्षकले २० नम्बर, पुनरावलोकनकर्ताले अधिकतम १० र पुनरावलोकन समितिले १० नम्बर दिन पाउँछ।

बढुवा सिफारिस : गृहमा गन्जागोल

ऊर्जा मन्त्रालयमा मिलेको सफलताको ऊर्जा बोकेर गृह मन्त्रालय सम्हाल्न आएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले यसअघिका गृहमन्त्रीले भन्दा फरक ढंगले आफूले काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। तर, उनको प्रतिबद्धता दुई महिना पनि टिकेन।

बम समातेर फ्याँक्ने हवल्दार राना सहायक निरीक्षकमा बढुवा

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना प्रहरी सहायक निरीक्षकमा बढुवा भएका छन्।

बढुवामा नेताको सोर्स लगाए कारबाही : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बढुवालगायतका सांगठनिक वृत्ति विकासको निर्णयमा राजनीतिक दबाब बढाए कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले प्रहरीमा राजनीतिक संरक्षणको मोह देखिएको टिप्पणी गर्दै बढुवालगायतका निर्णयमा फोन गर्न लगाउने प्रवृत्ति नरोकिए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्