१९ वैशाख २०८१ बुधबार
image/svg+xml

आज तोलामा २७ सयले घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

ललितपुर डढेलोमा घाइते भएका एकको मृत्यु

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीकाे मृत्यु भएको हाे।

डढेलो निभाउने क्रममा दुईजना घाइते, एककाे अवस्था गम्भीर

ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन्। गोदवरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा शङ्कर पहरी र रमेश पहरी घाइते भएका हुन्।

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

स्थानीय तहमा दमकल छैन तर, जनप्रतिनिधिलाई महँगा गाडी

सिन्धुली जिल्लामा दैनिक आगलागीका घटना हुन्छन्, तर पनि स्थानीय तहमध्ये दुई नगरपालिकाबाहेक अन्य स्थानीय तहमा आगो निभाउने वारुणयन्त्र दमकल छैन।

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन्। साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद गरे।

स्कुस निर्यात खुल्यो, तर भारतीय बजारमा पुर्याउन नसक्दा किसान चिन्तित

उत्पादनको मुख्य सिजनमा माग र बजारभाउ उच्च भएका कारण छिमेकी भारतीय बजारमा स्कुस पुर्याउन समस्या भइरहेको छ।

विद्युत् खम्बाको बत्ती निभाउँदा करेन्ट लागेर मृत्यु

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।

भारतको प्रतिबन्धले चामलको भाउ बढ्यो

‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

जाजरकोटमा आगो निभाउन पुगेका समितिका अध्यक्षको मृत्यु

जाजरकोटमा आगो निभाउने पुगेका एक जनाको जलेर मृत्यु भएको छ। भेरी नगरपालिका–७ मा आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो।

मार्टिनेजको हाउभाउको आलोचना

इङ्लिस प्रिमियर लिग फुटबल क्लब क्रिस्टल प्यालेसका प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजको शारीरिक हाउभाउको खुसीयालीले विश्वकपको फाइनल विवादित बनाएको बताएका छन्।

डलरको भाउ अहिलेसम्मकै महँगो

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्