१ मंसिर २०८१ शनिबार
image/svg+xml

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ। विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो।

पेट्रोलियम पदार्थ चुहावटकाे सीमा नाघे डिपो प्रमुखबाट क्षतिपूर्ति

पेट्रोलियम पदार्थ चुहावटमा तोकिएको सीमा नाघे नेपाल आयल निगमले सम्बन्धित डिपो प्रमुखबाट प्राविधिक नोक्सानी बापतको रकम क्षतिपूर्ति बापत भराउने भएको छ। सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि निगमका अधिकांश डिपोमा लस टार्गेट (प्राविधिक नोक्सानी लक्ष्य) सीमाभन्दा कम भए पनि केही डिपोले सीमा नाघेपछि निगमले कडाइ गर्न लागेको हो।

डिजेल चुहावट र चोरीमा निगम नेतृत्व मूकदर्शक

नेपाल आयल निगमको विराटनगर डिपोमा चार महिना अवधिमा करिब डेढ करोड रुपैयाँको डिजेल चुहावट र ट्यांकरबाट तेल चोरी हुँदा निगम नेतृत्व मूक दर्शक बनेको छ। विवादित छवि भएका निगमका विराटनगर डिपो प्रमुख दिनेश यादवलाई कारबाही गर्न सञ्चालक समिति सदस्यले कुरा उठाए पनि कारबाही प्रक्रिया अघि बढेको छैन।

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

डिजेल चुहावटले सीमा नाघ्यो

नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो।

बारामा दैनिक ५६ प्रतिशत विद्युत चुहावट, मासिक साढे २ कराेड बढीकाे घाटा

कलैया बितरण केन्द्र मातहतमा रहेका जिल्लाका ग्रामीण भेगका गाउँहरुमा दैनिक ५६ प्रतिशत विद्युत चुहावट हुने गरेको छ।

प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने : चुहावट २० प्रतिशत

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ।

विद्युत् महसुल उठाउन र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अधिकारीले विद्युत् महसुल बक्यौता उठाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न स्थानीय जनप्रतिनिधिसँग आग्रह गरेका छन्।

चलचित्र चुहावट गरिदिने ह्याकरको चेतावनी

आफ्नो आउन लागेको एउटा चलचित्रका लागि फिरौती नतिरे अनलाइनमार्फत् सार्वजनिक गरिदिने ह्याकरले चेतावनी दिएको फिल्म स्टुडियो डिस्नीले बताएको छ ।

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।

बर्दियामा ४० प्रतिशत विद्युत् चुहावट

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ ।

हेटौंडा कार्यालय मातहत ५३ करोडको विद्युत् चुहावट

नेपाल विद्युत् प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गत रु ५२ करोड ६५ लाख ४८ हजार बराबरको विद्युत् चुहावट भएको पाइएको छ।

विद्युत चुहावट १२ प्रतिशतमा झार्न सकिने

नेपाल विद्युत् प्राधिकरणले हालको विद्युत चुवाहट १२ प्रतिशतमा झार्न सकिने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार विद्युत चुहावट नियन्त्रण अभियानमा गुणात्मक सफलता हासिल गर्ने गरी काम गर्न ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिएपछि उत्तर दिँदै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिडले विद्युत चुवाहटलाई अधिकत रुपमा झारेर १२ प्रतिशतसम्म ल्याउन सकिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्