४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावट

काठमाडौं– नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका सञ्चालकले नै बैठकमा भएका निर्णयहरु गोप्य रुपमा ‘आफन्त’लाई चुहाउने र कारोबारलाई नै प्रभावित गर्ने काम गरे पनि यथेष्ट प्रमाणको अभावमा त्यस्ता व्यक्तिलाई कारबाही हुन सकेको छैन ।

सूचीकृत कम्पनी सञ्चालक समिति बैठक प्रायः सेयर कारोबार भइरहेकै बेला बस्छ । बैठकका महŒवपूर्ण निर्णय सञ्चालकले सुटुक्क आफन्तलाई दिने र त्यसैका आधारमा सूचना पाउनेले सेयर किनबेच गरे पनि प्रमाण जुटाउन नसक्दा त्यसरी सूचना चुहाउने सजिलैसँग उम्कने गरेका छन् ।

कम्पनीको उच्च पदमा बसेकाले त्यसरी सूचना चुहाउनु गैरकानुनी भएको नेपाल धितोपत्र बोर्डका पूवअध्यक्ष बाबुराम श्रेष्ठले बुधबार नागरिकलाई बताए । ‘पदको दुरुपयोग गरेबापत कारबाही हुन्छ,’ उनले भने, ‘तर प्रमाण पु¥याउन नसक्दा त्यसरी गैरकानुनी रुपमा सूचना चुहाउनेलाई कारबाही हुन सकेको छैन ।’ प्रमाणको अभावमा त्यसरी सुटुक्क सूचना चुहाउनेलाई अहिलेसम्म कारबाही भएको थाहा नभएको उनको भनाइ छ ।

सूचीकृत कम्पनी सञ्चालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्ने गरेको र निराशाजनक निर्णय भएको सुइँको पाउँदाबित्तिकै बेच्ने गरेको पाइएको छ ।

सञ्चालक समितिका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता र निजी विचार राख्ने क्रममा कतिपय कम्पनीको गोप्य सूचना चुहाउने गरेका छन् । सेयर बजारलाई नै प्रभावित पार्ने गरी त्यस्तो सूचना सम्प्रेषण गर्नेलाई समेत बोर्डले कारबाही गर्ने भएको छ ।
गोप्य सूचना चुहाएर सेयरमा चलखेल गर्नेलाई निलम्बन गर्नेसम्मको अधिकार भएको बोर्डका पूर्वअध्यक्ष श्रेष्ठले बताए । ‘भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको ठहर गरे बिगोबमोजिम कारबाही हुन्छ,’ उनले भने, ‘भित्री कारोबार ठूलो अपराध हो ।’

कसले बिक्री ग¥यो र कसले खरिद ग¥यो, त्यसैका आधारमा मात्रै भित्री कारोबार भएको हो वा होइन भन्ने पत्ता लाग्ने एक विश्लेषकको भनाइ छ । ‘भित्री कारोबार हुँदैन भन्न सकिँदैन,’ उनले भने, ‘भित्री कारोबार हुन्छ भनिन्छ तर, अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन ।’

भित्री कारोबार भएको ठहर भए कारबाही हुन्छ, भित्री कारोबार गर्न पाइँदैन, गरे धितोपत्र ऐनअनुसार कारबाही हुन्छ ।

नेपाल धितोपत्र बोर्डले सेयर भाउमा प्रत्यक्ष प्रभाव पार्ने सूचना चुहावट रोक्न सूचीकृत कम्पनीलाई बुधबार निर्देशन दिएको छ । कपितय सूचीकृत कम्पनीका प्रमुख, सञ्चालकसहित सरोकारवाला निकायका पदाधिकारीले सार्वजनिक रुपमा बजार मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने सूचना दिइएको पाइएकाले त्यस्ता कार्य तत्काल रोक्न पुँजी बजार नियामक धितोपत्र बोर्डले निर्देशन दिएको हो ।

‘सूचीकृत संगठित संस्थाहरुको धितोपत्र बजार मूल्यमा प्रभाव पर्ने कतिपय सूचनाहरु सञ्चालक बोर्ड तथा साधारण सभा÷विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनु अगावै सम्बन्धित कम्पनीका अध्यक्ष÷सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका पदाधिकारीहरुबाट विभिन्न संचार माध्यमहरु मार्फत समय समयमा अन्तर्वार्ता तथा उनीहरुका निजी विचार भनी सम्प्रेषण हुने गरेको समाचारहरुको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ,’ जारी बिज्ञप्तिमा उल्लेख छ ।

संगठित संस्थाका प्रमुख, सञ्चालकलगायतले सञ्चालक समिति तथा साधारण सभाबाट आधिकारिक निर्णय हुनुभन्दा अगावै सञ्चारमाध्यममार्फत अन्तर्वार्ता र निजी विचारका रुपमा सेयर मूल्यमा असर गर्ने सूचना ‘लिक’ गर्ने क्रम बढेपछि बोर्डले कडाइ गरेको हो ।

‘यसरी धितोपत्रको बजार मूल्यमा असर पर्न सक्ने विभिन्न जानकारी तथा सूचनाहरु सञ्चालक बोर्ड तथा साधारण सभा÷विशेष साधारण सभाको निर्णय अगावै प्रेषित हुँदा यस्ता निर्णय र जानकारीको आधारमा प्रत्यक्ष वा परोक्ष रुपमा लगानीकर्ता प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्ने र जसको कारणले कतिपय अवस्थामा लगानीकर्ताले नोक्सानी समेत बेहोर्नु परेको बिज्ञप्तिमा उल्लेख छ ।

यस्ता सूचना तथा जानकारी सम्प्रेषण गर्दा आधिकारिक निर्णयपश्चात मात्र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र सार्वजनिक गर्ने व्यवस्था गर्न निर्देशन पनि बोर्डले दिएको छ । उक्त निर्देशनको पालना नगर्ने कम्पनीको सेयर कारोबार रोक्ने लगायतका कारबाही हुने धितोपत्र बोर्डले जनाएको छ ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App