७ आश्विन २०८१ सोमबार
image/svg+xml

आयल निगमको उदासीनता

भन्सार शुल्क, सडक मर्मत कर, पूर्वाधार कर, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर, मूल्य स्थिरीकरण कोष कर जस्ता करैकर थोपरिएको छ पेट्रोलियम पदार्थमाथि। त्यसबाहेक पनि नेपाल आयल निगमका कर्मचारी पाल्नेमात्र होइन, उनीहरूका जायज/नाजायज माग पूरा गरिदिनुपर्ने जिम्मेवारीसमेत यिनै निरीह उपभोक्तामाथि लादिएको छ।

दूषित दाइजो

दहेज लिनु/दिनुले समाजमा असन्तुलनसमेत निम्त्याएको छ। एकले अर्कोको मूल्यांकन गर्ने मापकसमेत बनेको छ यो। त्यसैले दहेज प्रतिस्पर्धाको सवाल बनेको छ, समाजमा।

हक कार्यान्वयन कठिनाइ

न्याय दिएर मात्र हुन्न, दिएकोजस्तो देखिनु पनि पर्छ। त्यस्तै अधिकार दिएर मात्र हुन्न, आम नागरिकले पाएको अनुभूति पनि गर्नुपर्छ। २०७२ सालमा जारी नयाँ संविधान, मौलिक अधिकारका हिसाबले पनि आम नागरिकका निम्ति निकै महत्वको छ।

कोरोनाबारे सूचना देऊ

सन् १९५८का नोबेल पुरस्कार विजेता आनुवांशिकविज्ञ जोसुवा लेडरवर्गले नयाँ र संक्रामक रोगहरूको खतरा सम्बन्धमा भनेका थिए– यो रोग नित्याउने जिनविरुद्ध हाम्रो बुद्धिको लडाइँ हो।

नारी दिवसको सार्थकता

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले भोजभतेर र जुलुस/-याली अनि ज्ञापनपत्र र भाषणसँग मात्र सम्बन्ध राख्दैन । विभेदमा परेका कारखानाका महिलाले उठाएका विषयवस्तु र त्यसको भण्डाफोरका लागि गरेको आँट स्मरण गर्नेमात्र हैन, त्यसलाई सार्थक तुल्याउने प्रण गर्नु यो दिवस मनाउनुको औचित्य हुनुपर्छ ।

अर्थतन्त्रमा कोरोना असर

कोरोनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ७३ प्रतिशत हिस्सा भएको गैरकृषि क्षेत्रमा बढी प्रभाव पार्नेछ। यसको सुरुवात सेवा क्षेत्रबाट भइसकेको छ।

उत्साहपूर्ण उपचार

स्वदेशी भन्दासाथ नाक खुम्च्याउने, पराइ भूमिलाई उच्च ठान्ने तर आफ्नो मातृ भूमिप्रति हेलाँ गर्ने क्रम पछिल्लो समय नेपाली परिप्रेक्ष्यमा हुर्कँदो छ। स्वास्थ्योपचार क्षेत्र पनि यसबाट अछूतो थिएन। तर बुधबार यो भ्रमलाई चिर्दै जसरी नेपाली स्वास्थ्यकर्मीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल र सहजतवरले सम्पन्न गरे त्यसका लागि जति धन्यवाद पनि कम हुन्छ।

मुहानमै मनोमानी

कामै नगरी भुक्तानी गर्ने अनावश्यक प्रावधान घुसाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अभियोगमा तत्काल कारबाही गर्न जरुरी छ। अन्यथा, ऐन/कानुनका छिद्र प्रयोग गरेर राज्यकोष दोहन गर्ने प्रवृति बढ्दै जानेछ।

नागरिक निराशा

लोकतन्त्रमा सबैभन्दा प्रिय नेता हुन्छन्। तिनले देखाएका सपनाबाट हौसिएर नागरिक आन्दोलनमा लाग्छन्। नेताका पछाडि लाग्नुको अर्थ परिवर्तनप्रतिको उत्कट अभिलाषा हो। हिजोका राजाकै नयाँ अवतार बन्ने हो भने त ती सपना फेरि चैते हुरीले उडाउनेछन्।

म्याद गुज्रिएका आयोजना

सर्वसाधारणभन्दा आयोजना निर्माणमा नेता, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो डरलाग्दो हुने गरेको छ। यी तीनै पक्ष मिली समयमा काम नगराएर आयोजनालाई दुहुनो गाई बनाइएको छ। तोकिएका काम हुन नसक्नुमा तीनै पक्षले आआफ्नै स्वार्थ देखाउने गरेका छन्।

प्रहरी कस्तो साथी ?

घटना गएको शुक्रबारको हो। पूर्वजर्नेल हेम खत्रीले आफूलाई कान्छी श्रीमतीका रूपमा २२ वर्षदेखि सम्बन्ध राख्दै आएको तर अहिले आएर स्वीकार नगरेको दाबीसहित एक महिला केही आफन्तसहित गएकी थिइन् उनको घरमा।

करमाथि कर

उपभोक्ताको सन्तुष्टिभन्दा ठूलो नाफा आयल निगम जस्ता सरकारी संस्थाका लागि अर्को हुनै सक्दैन। त्यसैले यस्ता संस्थाले आफ्ना केही सीमित कर्मचारी पोस्नका लागि नाफा बटुल्ने हैन, उपभोक्तालाई सुविधा दिनुपर्छ। र, अहिले बढाइएको कर उसको नाफामा मिलान गर्नुपर्छ न कि पेट्रोलियम पदार्थको मूल्यमा।

उपचार (अ)सुविधा

भएकै बजेटलाई पनि राम्रोसँग परिचालन गर्न सक्ने हो भने हाम्रा जिल्ला अस्पतालहरू अहिलेभन्दा निकै प्रभावी बन्न सक्छन्। त्यतिबेला थुप्रै्र कल्पनाहरूको ज्यान बाँच्ने सम्भावना रहन्छ। हैन भने अझ कैयौँ वर्षसम्म हाम्रा अस्पताल उपचार गर्ने हैन, ‘रेफर अस्पताल’ को दर्जाबाट माथि उठ्ने सम्भावनै छैन।

राष्ट्रियसभा ‘राजनीति’

हामीकहाँ पनि राष्ट्रपतिजस्तो आलंकारिक पदमा विद्वान्, समाजलाई योगदान दिने र सकारात्मक प्रभाव पार्ने व्यक्ति पु-याउन सके लोकतन्त्रप्रति जनविश्वास बढ्छ। राष्ट्रियसभालाई भागबन्डाको थलो नबनाउन सत्तारूढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस दुवैले ध्यान दिन जरुरी छ।

राजसी रजगज

गर्नुपर्ने काम एकातिर, सरकार र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ध्यान अर्कातिर। यो अमिल्दो अवस्था यतिबेला मुलुकमा देखिएको छ। गत सातादेखि ३ प्रमुख मुद्दाले फेरि देशलाई उद्वेलित बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्