७ आश्विन २०८१ सोमबार
image/svg+xml

लकडाउन (अ)व्यवस्थापन

कोभिड–१९ संक्रमण रोक्न अपनाइएको लकडाउन अवधि एक महिना पुग्न लागेको छ । कठिनाइका यी दिनप्रति सबैका आआफ्नै अनुभूति छन् । राल्फाकालीन गीतसँगै हुर्किएको अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वका निम्ति यो संकट अवसर बनेर आएको छ ।

विप्रेषणको विकल्प

वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने संस्था इक्विडेम रिसर्च सेन्टरले गरेको सर्भेक्षणअनुसार संकटको यो बेला नेपालसँग श्रम सम्झौता भएका मुलुकले आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गर्न थालेका छन् । धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिइरहेका छन् ।

कोरोना आहतलाई अर्थतन्त्रको राहत

कोभिड–१९ ले संसारभर पारेको आर्थिक र मानवीय प्रभाव र आगामी दिनको अवस्थाबारे अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले दैनिकजसो अध्ययन-अनुसन्धानको निचोड प्रकाशित गर्दै आएका छन् । अहिले कोरोना भाइरसबाट कसरी मानवीय क्षति कम गराउन सकिन्छ भन्ने प्रयासमा विश्व छ ।

दुत्कार्नु समाधान होइन

संकटका बेला आफ्नो प्रवृत्ति चिन्ने मौका पाइन्छ । कोभिड–१९ संक्रमणका बेला हाम्रा केही सामाजिक पक्ष उजागर भएका छन् । खासगरी विदेशबाट आएका व्यक्तिलाई घृणाको दृष्टिले हेरिएका केही प्रसंग सार्वजनिक भएका छन् ।

कोरोना मुक्तिको बाटो

अत्यन्तै विषम परिस्थितिमा यतिबेला नेपालीले नयाँ वर्ष २०७७ को स्वागत गर्नुपरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार वीरगन्जमा कोरोना भाइरस संक्रमित तीन जना भारतीय नागरिकको पहिचानले हामीलाई थप निराश तुल्याएको छ । झन् नयाँ वर्षकै दिन रौतहट र कैलालीमा थप दुई संक्रमित थपिएका छन् ।

विपद् व्यवस्थापन

विपद्का बेला आहतलाई राहत उपलब्ध गराउनु मानव धर्म हो । त्यसमा पनि प्राकृतिक विपत्ति र महामारीबाट अधिक प्रभावित र यस्ता संकटमा सर्वाधिक जोखिममा रहने जनसंख्याको आवश्यकता सम्बोधन गर्ने दायित्व राज्यको हुन्छ ।

सूचना संक्रमण

‘हाम्रो साझा सत्रु कोभिड–१९ हो तर गलत सूचनाको संक्रमण ‘इन्फोमेडिक’ समेत हाम्रो साझा सत्रु हो । कोरोना भाइरसमाथि विजय हासिल गर्न हामीलाई निराशा र विभाजनभन्दा तथ्य र विज्ञान, आशा र ऐक्यबद्धता तत्काल आवश्यक छ ।’ कोरोना विषाणुको संक्रमण जुन गति साथ भइरहेको छ, त्यही गतिमा सूचना संक्रमण पनि फैलिइरहेको छ ।

तत्काल पूर्ण ‘लकडाउन’ गर

विश्व यति बेला कहिल्यै नभोगेको कहरबाट गुज्रिरहेको छ। समकालीन विश्व व्यवस्थाबाट हामी अछुत छैनौं। यस्तो बेला सरकारले असाधारण उपाय अवलम्बन गर्नु आवश्यक छ। अहिलेसम्म हामी कोभिड १९ को प्रभावबाट जोगिएका छौं भन्ने भ्रम पनि टुटिसकेको छ। एक १९ वर्षीयामा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि यसको सन्त्रास हामीबीच फैलिइसकेको छ।

सूचना जंगल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यु फेक मिडिया’ भन्दै आफूलाई चित्त नबुझेका सञ्चारमाध्यमलाई गाली गर्न थालेयता ‘फेक न्युज’ आम चर्चामा छ। यथार्थमा कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थितिसँगै ‘फेक मिडिया’ को अनुहार उदांगिन थालेको छ।

कोरोना जोखिममा सावधानी

कोरोना भाइरसलाई हाम्रो भूमि र ज्यानमा प्रवेश निषेध गर्नु नै सबैभन्दा उत्तम उपाय हो। जसका लागि सरकार तथा स्वास्थ्य विज्ञहरूले औल्याएका सामान्य नियम पालना गर्नैपर्छ। कम्तीमा पनि सरकारका निर्णय पालना गर्ने र विज्ञका सुझाव पछ्याउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो।

अत्यावश्यक सेवामा सरकारी साथ

अहिलेदेखि नै सरकारले आम नागरिक र अत्यावश्यक सार्वजनिक सेवामा रहेका क्षेत्रलाई गर्न सकिने सहयोगको घोषणा गर्न जरुरी छ। अप्ठ्यारो बेलामा सरकारले गर्ने सहयोगले आम नागरिकमा आत्मविश्वाससमेत बढाउने काम गर्छ। बन्दको घोषणा मात्र गरेर लथालिंग अवस्थामा छाडिदिएर मात्र पुग्दैन।

दुरुपयोग नहोस् सहुलियत

यतिबेला कोरोना भाइरस (कोभिड–१९) ले विश्व नै आतंकित छ। गत डिसेम्बर अन्त्यतिर चीनको उहानमा देखापरेको यो भाइरस अहिले १४० मुलुक पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यसको संक्रमणलाई ‘महामारी’ भनिसकेको छ।

विषाणुविरुद्ध विजय

युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’मा चित्रण गरेजस्तै मानव र विषाणुबीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रक्रिया हो। कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडि बढाउने निश्चित छ।

मदिराको मात

नेपालमा त्यही वर्ष मदिराका कारण ३ हजार ९७२ जनाको मृत्यु भएको पनि उल्लेख छ। यसबाट मदिरा कसरी कालको नयाँ अवतारका रूपमा बिगबिगी मच्चाइरहेको छ भन्ने पुस्टिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्