हिटलरको फोनको मुल्य कति ?
जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ।
जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ।
नेपाली स्मार्टफोन बजारमा कुलप्याड नामको अर्को स्मार्टफोन कम्पनी थपिएको छ। सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उपस्थिति जनाइरहेको कुलप्याडलाई जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो। जयमाँ नेपालका लागि कुलप्याडको एक मात्र आधिकारिक वितरक तथा बजार प्रवद्र्धक हो।
सामाजिक सञ्जालमा फेसबुकमा गलत उद्देश्यले महिलाहरुको फोन नम्बर राखी तनाव दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर उपमहानगरपालिका–४ बागडोल बस्ने ३६ वर्षीय सुरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल टेलिकमले सञ्चालन गरिरहेको मोबाइलको चौथो पुस्ताको प्रविधि (फोरजी/एलटिर्इ) सेवा आइफोनका सबै सिरिजमा चल्ने भएको छ । नेपाल टेलिकमले प्राविधिक समस्यालाई समाधान गर्दै माघ २५, मंगलबारदेखि आइफोनका सबै सिरिजमा फोरजी संचालन सुरु गरेको हो ।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ। यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जनाले आइफोन ७ जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।
विश्वप्रसिद्ध मोबाइल फोन उत्पादक कम्पनी एप्पलले आइफोनको उत्पादन भारतमा गर्ने भएको छ । भारतको उत्तरी राज्य कर्नाटकमा एप्पलले आइफोनको उत्पादन गर्ने कर्नाटक राज्य सरकारले बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषय वस्तुहरुसँग सम्बन्धित रहेर घण्टौं लामो टेलिफोन वार्ता भएको छ।
आइफोन जस्तो देखिने पेस्तोलका कारण युरोपका प्रहरी हैरानीमा परेका छन्। यो पेस्तोलको साइज ९ मिलिमिटर छ र यसलाई सजिलै लुकाउन सकिन्छ। आइफोन जस्तो देखिने यो छोटो हतियार एउटा सुइच दबाए पछि हतियारमा बदलिन्छ।
स्टिव जब्सले भनेका थिए, 'यो कुरा एकदम गोप्य हुनु पर्छ र जसले बाहिर लैजान्छ उसले जागिरबाट हात धुनु पर्ने छ।' यो आइफोनको मोडल विकास गर्ने दिन ताकाको कुरा थियो। तर टोनी फेडेलका साथबाट आइफोनको प्रोटोटाइप हराएको थियो। यो दश बर्ष अघिको घटना हो। र यो आइफोनको पहिलो मोडल लन्च गर्ने समयको घटना थियो।
के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने होस् गर्नुहोस्।
भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।
फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ । उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘बाहिर जे जे भने पनि सरकारको सो संशोधन प्रस्तावको विपक्षमा कम्तिमा मतदानको बेलामा मोर्चाका कोही पनि नेता उभिदैन, मतदान गरेर अघि बढछौं।’ त्यसका लागि भारतीय संस्थापन पक्षको मोर्चा/गठबन्धनका नेतालाई चर्को दबाब पनि छ। अगाडि सर्त आउन सक्छ, ‘त्यसलाई पास गराउनु अघि संशोधन प्रस्तावमा परिमार्जन भने गरिनुपर्छ।’
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।