८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

कुलप्याड नेपालमा, कुल वान स्मार्टफोन सार्वजनिक

काठमाडौं— नेपाली स्मार्टफोन बजारमा कुलप्याड नामको अर्को स्मार्टफोन कम्पनी थपिएको छ। सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उपस्थिति जनाइरहेको कुलप्याडलाई जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो। जयमाँ नेपालका लागि कुलप्याडको एक मात्र आधिकारिक वितरक तथा बजार प्रवद्र्धक हो।

मंगलबार नै कुलप्याड नेपालले नोट ३ एस, मेगा ३ र मेगा २.४ डी सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच कुलप्याड ग्लोबलका सिइओ तथा जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामूहिक रुपमा कुलप्याड नेपाल प्रवेशको घोषणा गरे। सो अवसरमा कुल वान स्मार्टफोन सार्वजनिक गरिएको थियो। कुल वान १३+१३ डुवल रेयर क्यामेरा भएको स्मार्टफोन हो। सो फोन क्यामेरामा २.० अप्राचर र डुवल टोन एलडीडी फ्लास सहित १३ एमपी जोडी सेन्सन रहेको छ।

कुल वान स्मार्टफोन

यो स्मार्टफोनमा ६४ बिट कोर क्लाकम प्रोसेर, ४ जिबी एलपीडीडीआर ३ र्‍याम रहेको छ। मंगलबार नै कुलप्याड नेपालले नोट ३ एस, मेगा ३ र मेगा २.४ डी सार्वजनिक गरेको छ।

कुलप्याड ग्लोबलका सिइओ जेम्स डुले नयाँ प्रविधि प्रयोग नै कम्पनीको मुख्य विशेषता भएको बताए। ‘कुलप्याडले विश्वका ग्राहकलाई सन्तुष्ट पारिरहेको छ। हिमालयको देश नेपाल प्रवेश गर्न पाउँदा हामीलाई खुशी लागेको छ’, उनले भने।

जयमाँ इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले कुलप्याडका स्मार्टफोन प्राविधिक रुपमा एडभान्स रहेको बताए। कुलवान १ मा क्यामेरामा रहेको अद्वितिय फिचरले नेपाली ग्राहकलाई सन्तुष्टि दिने विश्वास उनको थियो। कुलवानको बजार मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ तोकिएको छ।

कुलप्याड के हो?
ग्वान्जाओ मुख्यालय रहेर सन् १९९३ मा स्थापना भएको कुलप्याड कम्पनीले टेलिकम्युनिकेसनका सामान उत्पादनमार्फत बजारमा राम्रो पहिचान बनाएको छ। प्रविधिको उच्च प्रयोग गरी ग्राहकलाई सन्तुष्ट बनाउन यो कम्पनी माहिर सावित हुँदै आएको छ।

डुवल मोड र डुवल स्ट्यान्डवाइ ह्यान्डसेटका आविष्कारक कुलप्याडले चीन, उत्तर अमेरिका, युरोप र एशियाली मुलुकहरुमा फरक पहिचान बनाएको छ। ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने लक्ष्यका साथ रिसर्च एन्ड डेभलपमेन्टको पाटोमा कम्पनीले जोड दिने गरेको छ।

वाषिर्क करिब ३४ लाख फोन उत्पादन गर्ने यो कम्पनीले झन्डै तीन अर्ब अमेरिकी डलरको आम्दानी गर्छ। विश्वका ६ स्थानमा ३ हजारभन्दा बढी इन्जिनियर सहितको रिसर्च एन्ड डेभलपमेन्ट युनिट राखेर कम्पनीले काम गर्दै आएको छ।

प्रकाशित: ४ फाल्गुन २०७३ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App