१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सि र ट्रम्पबीच टेलिफोन कुराकानी

चिनियाँ राष्ट्रपति सि जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ । मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

आईफोन पाउन युवकले नाम बदलेर आईफोन सेभेन राखे

आइफोन अमेरिकाको मात्र नभई विश्वकै प्रतिष्ठित ब्रान्डमा पर्छ। त्यसैले यसप्रतिको क्रेज सबैतिर उस्तै देखिन्छ। प्रत्येक पटक नयाँ मोडलको आइफोन आउँदा केही न केही अजीब खबरहरु आउँछन्। कहिले कोही आइफोन किन्न आफ्नो किड्नी बेच्छन्, कोही आफैले जन्माएको बच्चै बेचिदिन्छन्। यो पटक पनि यस्तै रोचक खबर सार्वजनिक भएको छ।

आइफोन सेभेन पड्किएको दाबी

एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइलको बिक्री वितरणकालागि सँधै प्रतिस्पर्धा गर्ने गर्दछन्। तर, हालै सावैजनिक भएकोे एक घटनाले एप्पल र स्यामसुङ आफ्नो नयाँ मोबाइल पड्किनेमासमेत प्रतिस्पर्धामा रहेको देखाएको छ।

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुरमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बिहानैखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

बढी भाडा लिए १०३ मा फोन गर्नुहोस्

चाडबाडको मौका छोपेर उपत्यकामै यातायात मजदुरले यात्रुमाथि ठगी सुरु गरेको गुनासो बढ्न थालेको छ। दसैँ लाग्यो भन्दै यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने, विद्यार्थीलाई राज्यले दिएको सहुलियत नदिने, तोकिएको रुटमा सवारी नचलाउनेजस्ता अनियमितता बढ्न थालेको यात्रुले बताएका छन्।

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

घरमा बिजुली आएन वा तालिकाभन्दा फरक समयमा बिजुली आपूर्ति भएमा सिधै ऊर्जा मन्त्रीलाई फोन गरेर उजुरी गर्न सकिने भएको छ। ऊर्जा मन्त्रालयले सर्वसाधारणमा विद्युत आपूर्ति सरल र भरपर्दो बनाउँदै काममा भएका ढिलाइ तथा चुहावट रोक्न लक्ष्यले ‘गुनासो व्यवस्थापन युनिट’ गरी यस्तो काम सुरु गरेको हो।

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

सामसङ नेपालले ‘सामसङ जेट टु’ स्मार्टफोन सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा ८ जिबी आन्तरिक मेमोरी रहेको छ।

म्याग्दी जिल्लाको मासिक टेलिफोन बिल डेढ करोडको

जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा कुरा गर्न मासिक रु एक करोड ३५ लाख खर्च गरेको पाइएको हो ।

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ। फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ।

आइफोन सेभेन प्लस र जेट ब्ल्याक उपभोक्ताले तत्कालै नपाउने

एप्पलले गत हप्ता सार्वजनिक गरेको आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लसको सेप्टेम्बर १६ बाट बिक्री सुरु गर्ने बताएको थियो। सार्वजनीक रुपमा बिक्री वितरण सुरु गर्नु एक दिन अगाडि एप्पलले आइफोन सेभेन प्लस र आइफोन सेभेन जेट ब्ल्याकको स्टक सकिएको जनाएको छ।

आइफोन सेभेनले किन हटायो हेडफोन ज्याक ?

एप्पलले हेडफोन ज्याक विना नै हालेै आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ। यदि प्रयोगकर्ताले यसमा गीत सुन्न चहेमा वायरलेस हेडफोन अथवा मोवाइल चार्जका लागि प्रयोग हुने पर्टमा लाइटेनिङ आधारित हेडफोन प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

आइफोनको वायरलेस हेडफोनबारे विवाद, स्वास्थ्यमा असर गर्ने चेतावनी

क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्‍यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्