पोखरा भन्छः हामीले विमानस्थल पो मागेको हो, कसैलाई पैसा खान भनेका त थिएनौं
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारिरह्यो। बारम्बारको माग र अनुरोधलाई पनि सरकारले बेवास्ता गरेपछि पोखराले २०६९ भदौमा आन्दोलन घोषणा गर्दै रिले अनसन थाल्यो। विमानस्थल बनाउन दवाव दिने उद्देश्यका साथ २०६९ भदौ ७ गतेबाट पोखराले रिले अनसन पनि सुरु गर्यो। ८५ दिनको अनसन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनसन बसेका थिए।

