२३ श्रावण २०७७ शुक्रबार

नेपाल भाषामा स्थानीय पाठ्यक्रम अनिवार्य

काठमाडौंको रहनसहन, जनजीवन, संस्कृति र सम्पदालाई स्थानीय भाषामै शिक्षा दिँदा मौलिकता कायम हुने भएकाले नेपाल भाषा शिक्षणको माध्यम बनाइएको हो।

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो ।

गण्डकी विश्वविद्यालयको नयाँ पाठ्यक्रम ‘स्पोर्टस साईन्स एण्ड मेनेजमेन्ट’

गण्डकी प्रदेशमा खेलकुदका पूर्वाधार धेरै बन्ने क्रममा छन्। कतिपय बनिसकेका छन्। खेलकुदका पूर्वाधार मात्रै नभई खेलकुदको विकास गर्ने नेतृत्वदायी भूमिका समेत उत्पादन हुनुपर्छ। व्यवस्थापकीय क्षमता नभएकोले नेतृत्व राम्रो हुदैन्। दक्षतासहितको नेतृत्वले मात्रै खेलुकदको विकास गर्छ।

नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो।

पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्रमा छापा मारेको छ । निजी पुस्तक प्रकाशकहरूले पाठ्यक्रम विकास केन्द्रको स्वीकृत बेगर नै पाठ्यक्रमको लोगो प्रयोग गरेर लकडाउनकै अवधिमा कक्षा एकको थप पाठ्यपुस्तक बजारमा बिक्री–वितरण गरिहेका बेला अख्तियारले छापा मारेको हो ।

कक्षा नौदेखि १२ को एउटै विषयको पाठ्यक्रम बनाउन कार्यदल

विद्यालय संरचनामा कक्षा १२ सम्म माध्यमिक तह कायम गरेपछि पहिलो पटक सरकारले दुई निकायको एउटै विषय बनाएर शैक्षिक प्रमाण–पत्रमा एकरूपता ल्याउने कार्य अघि बढाएको हो ।

कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन्।

आगामी शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने

विद्यालय तहमा आगामी शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने भएको छ। यसभन्दा पहिले नम्बर विधिबाट पढाइ हुने गरेको विद्यालयमा अब ग्रेडिङ प्रणालीअनुसार पढाई गर्न लागिएको हो।

नैतिकवान पत्रकारिताका लागि पाठ्यक्रमको विकास गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित पत्रकारिताका लागि अनुसन्धानात्मक पाठ्यक्रमको विकास गर्नुपर्ने बताएका छन्।

कक्षा १ देखि १२ सम्म योग शिक्षा अनिवार्य

यो वर्ष त्रिविमा सुरु भएको योग शिक्षा अर्थात योगा साइन्स (पिजिटिवाइएस) मा पोष्ट ग्राज्युट सुरु भएसँगै यो क्षेत्रमा केही हुन्छ भन्ने आशा धेरैले गरेका थिए।

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ।

विद्यालय तहको नयाँ पाठ्यक्रम पारित

सरकारले विद्यालय तहको नयाँ पाठ्यक्रम पारित गरेको छ। राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको विद्यालय तहको नयाँ पाठ्यक्रम भदौ २० गतकोे मन्त्रीस्तरीय बैठकले पाठ्यक्रम पारित गरेको हो। कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने निर्णय पनि गरिएको छ। यसअघि उक्त कक्षाको अन्तिम परीक्षा स्कुलले लिने कि बोर्डले भन्ने अन्योल रहँदै आएको थियो। यो निर्णयपछि कक्षा ११ र १२ को अन्तिम परीक्षाको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डले पाएको छ। कक्षा १० को परीक्षाको जिम्मेवारी भने प्रदेश सरकारलाई दिइएको छ।

सिकाइ सुधार्न नयाँ पाठ्यक्रम तयार

साना कक्षामा विद्यार्थीको गणित, अंग्रेजी र नेपालीमा सिकाइ कमजोर हुँदै गएको सरकारी तथ्यांकले उजागर गरेपछि पाठ्यक्रम विकास केन्द्रले बालबालिकाको सिकाइ सुधार गर्ने नयाँ पाठ्यक्रम तयार गरेको छ। केन्द्रले हाल कक्षा १–३ सम्मको नयाँ एकीकृत पाठ्यक्रम तयार पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्