१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

हत्याका दोषीलाई तुरुन्त कारबाही गरियोस् : मोर्चा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भर्त्सना गरेको छ। सोमबार बेलुका सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

आतंकवादविरुद्ध 'ट्रायल' कारबाही

प्रहरीलाई सूचना आउँछ, होटल टुँडिखेलमा आतंकवादीले २० जनाभन्दा बढीलाई बन्धक बनाएका छन्। बन्धकमा थोरै नेपाली र धेरै विदेशी छन्। प्रहरी उच्च कमान्डले गृह मन्त्रालयमा खबर गर्छ। गृहले प्रधानमन्त्री कार्यालयमा जानकारी पुर्‍याउँछ।

'गाँजा बाँड्ने साधुलाई कारबाही गर्छौं'

गाँजा भाङ, धतुरो नखाए' के महाशिवरात्रि! शिवरात्रिका अवसरमा युवाको मुखमा झुन्डिने शब्द हो यो। गाँजा, भाङ र धतुरोलाई भगवान् शिवको प्रिय मान्ने धेरै छन्। प्रसादका नाममा लागूपदार्थ सेवन गर्नु राम्रो होइन।

खानेपानी चोरीमा संलग्नलाई कारबाही

नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ। संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ।

स्वास्थ्यचौकी निर्माणमा मनपरी गर्नेमाथि कारबाही हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सात जिल्लामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले मापदण्डविपरीत निर्माण गरेका स्वास्थ्य संस्थाका भवनबारे स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको छ।

'फर्किनासाथ कारबाही थाल्छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवतस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गर्ने वचन दिएका छन्। युएई भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले मानवतस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

सानालाई कारबाही देखाएर ठूलालाई उन्मुक्ति दिन चलखेल

विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्वन गरेको छ।

भ्रष्टाचार कारबाहीमा ७६ सरकारी अधिकारी कारवाहीमा

सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी रहेका सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले जानकारी गराएको छ ।

तिवारी हत्याका दोषीलाई कारबाही माग

नेरास्ववियुले रुपन्देहीस्थित युवा सङ्घका अध्यक्ष दुर्गा तिवारीका हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि विद्यार्थीले विरोध पनि प्रदर्शन गरे ।

'खर्च नगर्ने कर्मचारीलाई कारबाही गर'

सरकार विकास खर्च गर्न असक्षम रहेको बेला व्यवस्थापिका संसदको विकास समतिले फेरि पुँजीगत खर्च ९० प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ। समितिले विकास खर्च नगरी बस्ने कर्मचारीलाई कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

कुलमानका 'तगारा' कारबाहीमा

नेपाल विद्युत् प्राधिकरणका तीन सञ्चालकविरुद्ध ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

बिरामीलाई चर्को उपचार खर्च असुल्ने र इजाजत नभएको सेवा दिने लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहमाथि कारबाही हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवं निमित्त प्रमुख उमेशलाल कर्ण भन्छन्, ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहलाई शल्यक्रिया गर्ने अनुमति छैन।

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्