१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

कारबाही सिफारिसमा परेका शर्माले फेरि मागे ४० करोड

साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्द्रप्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् । अध्यक्ष शर्मा तथा मनोनीत सदस्य एवं पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दिनानाथ शर्माले दसैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ ।

आगामी मन्त्रिपरिषद् बैठकबाट खड्कालाई कारबाही : आपूर्तिमन्त्री

संसद्को सुशासन समितिले अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल जिम्मेवारीबाट हटाउन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

खड्का र शर्मालाई कारबाही हुन्छ : श्रेष्ठ

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र साझा प्रकाशनका अध्यक्ष डोलिन्द्र शर्मालाई मन्त्रिपरिषद्को आगामी बैठकले कारबाही गर्ने जनाएका छन् ।

प्रधानमन्त्रीद्वारा खड्कालाई कारबाही प्रस्ताव ल्याउन निर्देशन

नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधामन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन्। इन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागिरहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्ने अग्रसरता देखाएका हुन्।

कार्यकारी निर्देशक खड्कालाई हटाउने मन्त्रिपरिषदको तयारी

करिब डेढ अर्ब रुपैयाँ घोटाला आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषदको बैठकबाट हटाउने प्रक्रिया सुरु भएको छ। आगामि क्याविनेट बैठकमा प्रस्ताब लगेर खड्कालाई कारबाही गर्ने तयारी आपूर्ति मन्त्री शिबकुमार मण्डलले गरेका छन्।

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।

डा. केसीद्वारा कारबाहीको माग

डा.गोविन्द केसीले सरकारले निर्धारण गरेको शुल्क र सिट संख्या लागू गराउन भएको चलखेलप्रति आपत्ति जनाएका छन् । दुई वर्षअघि नै निर्णय भइसकेको विषयमा चलखेल भएको भन्दै डा.केसीले शुल्क र सिटमा मनपरी गर्ने त्रिविलगायतका विश्वविद्यालयका पदाधिकारीमाथि कारबाहीको माग गरेका छन्।

मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पुर्‍याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो।

पाकिस्तानको सैनिक कारबाहीमा दश आतङ्ककारी मारिए

पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमामा सुरक्षाबलले गरेको भीषण कारबाहीमा कम्तीमा १०आतङ्ककारी मारिएका स्थानीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

कारबाही गर्न मन्त्रीको आलटाल

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बेथितिको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वनयमा आलटाल गरेका छन्।

भरतपुरमा हर्न बजाउने १७२ जना कारबाहीमा

शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीलाई कारबाही

नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ।

राप्रपाका १८ सांसदमाथि कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी छाडेका १८ सांसदलाई कारबाही गरेको छ ।  राप्रपा संसदीय दल र केन्द्रीय समितिमा सदस्यहरूको संयुक्त बैठकले संविधान संशोधनका पार्टी ह्विपविरुद्ध गएर पक्षमा मतदान गरेको भन्दै कारबाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

लागुऔषधविरुद्धको पछिल्लो कारबाहीमा ३९ को मृत्यु

फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार मध्यराति प्रहरीले लागुऔषधविरुद्ध गरेको कारबाहीका क्रममा कम्तीमा १४ व्यक्ति मारिएका छन्।

मनोनयनअघि चुनाव प्रचार गरे कारबाही

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रिय सम्मेलनमा प्रचारप्रसार गर्ने विद्यार्थी नेतामाथि कारबाही गर्ने भएको छ। संगठनको आचारसंहितामा सम्मेलनको तयारी बिनाप्रचार प्रसार गर्ने व्यवस्था रहेको छ। आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसार गरेमा सम्मेलन प्रतिनिधि खारेज गर्ने व्यवस्था आयोजक समितिले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्