२४ वैशाख २०८१ सोमबार
image/svg+xml

ऊर्जा संकट कार्ययोजना असफल

सरकारले २०७२ सालमा ऊर्जा संकटकाल कार्ययोजना सार्वजनिक गर्दै तीन वर्षभित्र तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो। त्यो घोषणा भएको तीन वर्ष बितिसक्यो। तर, घोषणाअनुरुप उत्पादन भएको छैन।

श्रीलंकामा जारी संकटकाल लम्ब्याइयो

श्रीलंकामा जारी संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले शनिबार देशको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको बताइएको छ।

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ। श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको समाचारमा जनाइएको छ।

श्रीलंकामा संकटकाल नलम्बिने

अप्रिल २१ मा श्रीलंकामा गराइएको आत्मघाती आक्रमणहरुपछि लगाइएको संकटकाल थप नलम्बिने भएको छ। दुई सय ५० जनाभन्दा बढीको ज्यान जाने गरी गराइएका आक्रमणपछि जारी गरिएको कडा संकटकालीन कानुनलाई एक महिनाभित्र विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैथ्रिपला सिरिसेनाले सोमबार बताएका छन्। राष्ट्रपति सिरिसेनाले इसाई धर्मावलम्बीको धार्मिक पर्व इस्टरका बेला गराइएका ती बम आक्रमणपछि हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब संकटकालीन कडा कानुनको औचित्य समाप्त भएकाले संकटकाल थप नलिम्बने जिकिर गरेका हुन्।

सूचना प्रविधि खतरालाई लिएर अमेरिकामा संकटकाल घोषणा

ह्वाइट हाउसले जारी गरेको एक वक्तव्यका अनुसार राष्ट्रपति ट्रम्पको आदेशले ‘सक्रिय र बढ्दो रूपमा सूचना प्रविधि पूर्वाधार र सेवाको क्षेत्रमा रहेका कमीकमजोरीको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वीहरूको प्रभावबाट अमेरिकालाई बचाउने’ उद्देश्य लिएको जनाइएको छ।

श्रीलंकामा संकटकालको घोषणा, इस्लामिक समूहप्रति आशंका

श्रीलंकामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ। राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागु हुनेगरी सङ्कटकाल घाेषणा गरिएकाे हाे। श्रीलंकामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो।

संकटकालबारे प्रतिक्रिया दिएको भन्दै सम्पादक पक्राउ

सरकारले संकटकाल लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका सुडानको एउटा प्रसिद्ध पत्रिकाका सम्पादकलाई देशको सुरक्षा निकायले पक्राउ गरेको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएएफपीले उल्लेख गरेको छ।

डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल लगाए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्।

अमेरिकामा संकटकाल लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिएका छन्। छिमेकी राष्ट्र मेक्सिको र अमेरिका सिमानमा पर्खाल लगाउने आफ्नो योजनामा संसदले समर्थन नगरे आफू संकटकाल घोषणा गर्नसमेत तयार रहेको बताएका हुन्।

द्वन्द्वपीडितको प्रश्न ‘न्याय' कहिले पाउने?

चितवनको कालिका नगरपालिका वडा नम्बर २ पदमपुरकी सुनमाया तामाङलाई छोरा धनेको याद धेरै नै आउँछ। बूढाबूढी मात्र घरमा बस्ने भएकाले हरेक दिन छोरा सम्झिने गर्छन्। संकटकालको समयमा घरबाट लगिएको छ उनको १८ वर्षीय छोरा त्यसपछि फर्किएका छैनन्। छोरा वेपत्ता भएपछि सोधीखोजीमा हिँडेपनि उनले जानकारी पाएकी छैनन् ।

टर्कीमा दुई वर्षदेखि जारी संकटकाल हटाइयो

टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ । राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीले दुई वर्षदेखि जारी संकटकाल हटाइएको घोषणा गरेको हो ।

मुस्लिम विरोधी गतिविधि बढेपछि श्रीलंकामा संकटकाल

मस्जिद र मुसलमान समुदायका दोकानमा सिलसिलेबार हमला पछि श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ। क्यान्डी सहरका केही इलाकामा कर्फ्यु समेत लगाइएको बीबीसीले जनाएकोछ। श्रीलंकाले बौद्धमार्गी सिंहाली समुदायको बाहुल्य रहेको क्यान्डी सहरमा मुस्लिम विरोधि हमला भएका थिए।

माल्दिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन्। मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन्।

माल्दिभ्समा संकटकाल

राजनीतिक संकटका बीच माल्दिभ्स सरकारले १५ दिने राज्य संकटकालको घोषणा गरिएको छ ।संकटकाल लगाएपछि संदिग्धलाई पक्राउ गर्न देशका सुरक्षा अधिकारीलाई थप अधिकार प्राप्त भएको बताइएको छ ।

आचारसंहिता संकटकालको शैलीमा आयोः मन्त्री बलायर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्वाचन सम्बन्धी आचारसंहिता संकटकालको शैलीमा ल्याइएको विचार व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्