२३ श्रावण २०७७ शुक्रबार

सुदूरमा बढ्यो काठ तस्करी

सुदूरपश्चिममा पछिल्लो समय काठ तस्करी बढेको छ । काठ, माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइ छिपाई तस्करी गर्ने गरिएको छ । पछिल्लो एक वर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा काठ तस्करी भएको देखिएको छ ।

किरात प्रदेश नामाकरणमा दुई तिहाई पुगेन : सांसद राई

किरात राई यायोक्खाको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार खोटाङको दिक्तेलमा आयोजित शुभकामना आदान–प्रदान एवं ‘मुन्धुम र किरात इतिहास’ विषयक अन्तरक्रीया कार्यक्रममा प्रदेशसभा सांसद राईले चर्चामा आएका कुनै पनि नामका विषयमा सहमति नजुटेका कारण तीन वर्षसम्म प्रदेशको नामाकरण अड्किएको बताएका हुन् ।

प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा जोरबिजोर लागू नहुने

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो ।

मासु, दूध र अण्डामा गण्डकी आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ। गण्डकी प्रदेश राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन्।

कर्णालीमा कोरोनाः ४२ हजार परीक्षण गर्दा १९ सय बढीमा कोरोना

कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।

प्रदेश २ : समाजवादीको संसदीय दलमा मन्त्री सोनलको पनि आकांक्षा

प्रदेश नम्बर २ मा समाजवादी पार्टीको संसदीय दलको नेता बन्नको लागि मुख्यमन्त्री लालबाबुब राउत गद्दी र भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द सोनलबीच आन्तरिक प्रतिस्प्रर्धा चलेको छ।

कांग्रेस संसदीय दलको नेतामा कनौडिया

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।

प्रदेश ५ : प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा कनौडीया चयन

प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेता चयन गरेको हो । कनौडीया कपिलवस्तु ३ को (ख)बाट निर्वाचित प्रदेश सांसद हुन्।

जनताको आम्दानी निरन्तर घट्दै, जनप्रतिनिधिको सुविधा ५५ प्रतिशतले वृद्धि

जिसस, उपमहानगर, नगर र गाउँपालिका प्रमुखले यातायात सुविधा, टेलिफोन/मोबाइल रिचार्ज, पत्रपत्रिका, इन्टरनेट, अतिथि सत्कार, खानेपानी तथा सरसफाइ, जनसम्पर्क/विशेष सुविधा, खानेपानी तथा सरसफाइ, मर्मत सम्भार र विद्युत् ऊर्जा शीर्षकमा पनि थप पैसा पाउँछन्।

बाढीपहिरोमा परि कर्णालीमा ४३ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् ।

प्रदेश १ का मुख्य न्यायाधिवक्तालाई कोरोना

प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा सरकारको उपल्लो तहका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हो।

प्रदेश नं २ : संक्रमण बढेसँगै धमाधम निषेधाज्ञा, बढेन परीक्षण

शनिबार पहिलो पटक सिरहामा समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्। दुबैजना ब्यापक घुमफिर गरेका व्यक्ति हुन्।

मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको ‘मौसमी सावधानी’ शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झन् झन् गहिरिँदै गएको छ। प्रदेशकै संक्रमण केन्द्रबिन्दु बनेको विराटनगरमा शनिबार नयाँ संक्रमित फेला नपरे पनि झापा र इलामका गरी १९ जना थपिएका छन्।

प्रदेश १ : मौसमी सावधानीले गहिरियो कोरोना कहर

संक्रमित संख्या बढे सावधानी देखाउने, अरुबेला लापरबाह बन्ने सरकारको 'मौसमी सावधानी' को शैलीलाई सर्वसाधारणले पनि पछ्याउँदा प्रदेश १ मा कोरोना कहर झनझन गहिरिदै गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्