२३ श्रावण २०७७ शुक्रबार

दाइजोले छुट्टयाएको प्रेम

दाइजो भन्ने शब्दको कारण हामी नेपालीले समय समयमा केहि घटना घटेको सुन्नु परेको छ। दाइजो को कारण फलानो श्रीमानले आफनो श्रीमतीको हत्या गर्यो , जिउँदो जलायो इतयादी घटनाहरु हामी सुन्ने गरेका छौं।

दाइजोका लागि ‘फर्निचर’ बनाउन सामुदायिक वनको काठ उपलब्ध नगराइने

शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ। दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागू गरेको छ।

दूषित दाइजो

दहेज लिनु/दिनुले समाजमा असन्तुलनसमेत निम्त्याएको छ। एकले अर्कोको मूल्यांकन गर्ने मापकसमेत बनेको छ यो। त्यसैले दहेज प्रतिस्पर्धाको सवाल बनेको छ, समाजमा।

दुलही तयार थिइन् तर जन्ती आएनन्

मोटरसाइकल नपाएको निहुँ बनाएर जन्ती नआएपछि राति नै पूजाका बुवा सुकदेव आफन्त र छिमेकीसहित करिब १३ जनाको समूहमा बेहुलाको घरमै पुगे। घरमा न बेहुला भेटिए न उनका बुवा। दुवैजना लुकेर बसेका थिए।

सरकारी सम्पत्ति प्रेरणाको ‘दाइजो’ होइन

राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रुपमा आफूखुसी दान, बकस, दाइजो, पेवा, राजीनामा वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चले स्पष्ट गरेको छ।

दाइजो न्यूनीकरणको सन्देश गाउँगाउँमा

ससामाजिक विकृतिका रूपमा रहेको दाइजो कुप्रथा र बालविवाह न्यूनीकरणका लागि बारा प्रहरीले गाउँगाउँमा सडक नाटक प्रदर्शनका साथै जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ।

दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि सडक नाटक

सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथा र बालविवाह न्यूनिकरणका लागि प्रहरीले गाउँगाउँमा सडक नाटक तथा विभिन्न जनचेतना मूलक कार्यक्रम सुरु गरेको छ। यस्ता कार्यक्रमले दाइजो प्रथा र बालविवाह न्यूनिकरणमा सहयोग पुग्ने विश्वासका साथ प्रहरीले सो कार्य सुरु गरेको हो।

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ।

दाइजोले उजाडियो सपना

गत वर्ष २६ वर्षीया रमिताकुमारी रायको विवाह जनकपुरधाम उपमहानगरपालिका–७ स्थित शशि भट्टसँग बडो तामझामका साथ सम्पन्न भएको थियो।

दाइजोबाट पुरुष पनि पीडित !

केही दिनअघि मात्र मानव सभ्यतालाई नै लज्जित पार्नेगरी एउटा घटना भयो, वीरगन्जमा । २१औँ शताब्दीको पाशविक र क्रूर हत्या भन्न पनि सकिन्छ, यसलाई । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले दिएको बर्बर यातनाका कारण गम्भीर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारका क्रममा काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भयो ।

बेहुलाले दाइजो लिन मानेनन्, बेहुली पक्षले दिए किताब उपहार

भारतको पश्चिम बंगालमा एक जना दुलाहालाई दाइजो स्वरुप एक लाख रुपैयाँ बराबरको किताब दुलही पक्षले दिएका छन्।

‘तराईमा दाइजो विरोधी युवा चाहियो’

नेता नेपाल विमानस्थलबाट बाहिरिनेबित्तिकै उनलाई जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफूले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका लामा र प्रदेश सांसद लुंगेलीले अर्कोतिर तानेका थिए।

मधेसी युवाको दाइजो मोह

युवा शब्द सुन्नेबित्तिकै मानसपलटमा एउटा बिम्ब बन्ने गर्छ–हृष्टपुष्ठ शरीर भएको, जोश/जाँगरले भरिपूर्ण, नयाँ विचार बोकेको, समाज परिवर्तनको संवाहक आदि। त्यसैले व्यक्तिदेखि समाज र राष्ट्र सबैलाई नयाँ विचारले परिवर्तन गर्ने नै युवावर्ग हो।

मण्डपमै बेहुली छाडेर भाग्ने पक्राउ

मागेबमोजिम दाइजो नदिएको भन्दै विवाह अस्वीकार गर्ने मोरङ जहदा–४ का लक्ष्मण राजवंशी पक्राउ परेका छन्। बिहीबार जहदा–४ बाट राजवंशीलाई पक्राउ गरिएको हो।

२ ‘पलङ दाइजो नदिँदा छोरी मारिइन्’

दाइजोमा लाखौं रुपैयाँ ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा एक महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। गत शनिबार झुन्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुन्ड्याएको माइती पक्षले आरोप लगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्