२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

भोलि उदयपुरमा बिजुली नहुने

शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फिल्टर मर्मत गर्ने तयारी गरेकाले विद्युत अवरोध हुन लागेको प्राधिकरणले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  

त्रियुगा नगरपालिका ६ जलजलेस्थित सबस्टेशनको पावर ट्रान्सफर्मरमा आयल फिल्टर मर्मत गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अबरुद्ध हुन लागेको प्राधिकरणले जनाएको छ ।

जलजले सबस्टेशनदेखि वितरित लाईन, जलजले, लालपत्ता, देउरी, बगाहा, मोतिगडा, दमौटी, गाईघाट, बोक्सेमा विद्युत बल्नेछैन । त्यसैगरि चुहाडे, राजाबास, गहिरुन, जोगीदह, भुल्के, मोतियाही, हडिया, बेलटार आसपास, साउने, खाँबु, रौता, मुर्कुची, भुट्टार, लिमचुङबुङसम्म विद्युत अवबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आउँदै गरेको गर्मी याममा विद्युत नियमित सुचारु गराउन तथा अबरोध हुन नदिन समयमै यन्त्र आवश्यक मर्मत संभार गर्न लागेको जनाएको छ ।

प्रकाशित: २९ फाल्गुन २०८२ २०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App