९ मंसिर २०८१ आइतबार
image/svg+xml

लोभलाग्दो कठिना हाइटेक नर्सरी

नर्सरी स्थापना भएपछि विभिन्न प्रजातिका बिरुवा उत्पादनमा किसानको रुचि जागेको छ। नर्सरी कर्णाली राजमार्गआसपासमै भएकाले सहजै रूपमा सबैले अवलोकन गर्न सक्ने अवस्था छ। जिल्लाका विभिन्न क्षेत्रबाट किसान आउँछन्। जडिबुटी, घाँस प्रजातिबारे निकै चासो राख्छन्।

जुम्लामा स्थानीय सरकारको छुइगोठ मुक्त अभियान

तिला गाउँपालिकाले सर्वोदय नेपालको समन्वयमा छुइगोठ मुक्त अभियान थालेको छ। सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्री पछिल्लो समयमा छाउपडि प्रथाविरुद्ध महिला एकजुट भइरहेको बताउँछन्। यो अभियान अहिले तिला गाउँपालिकामा मात्र चलेको छ।

बाढीले बगाएको सपना

उनको व्यापार आशा लाग्दो थियो। त्यो टहरा संगै उनले मिल खोलेका थिए। त्यो मिलले कुटानी पिसानी देखि काठ चिरानी सम्मको काम गरिरहेको थियो। तर कात्तिक १ गते भेरीखोलामा आएको बाढीले उनको घर बगायो। मिल पनि राखेन। अहिले उनी विस्थापित जस्तै छन्।

तिला गाउँपालिकामा किडार्क नेपाललाई प्रतिबन्ध

जुम्लाको तिला गाउँपालिकाले गैर सरकारी संस्था, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाललाई प्रतिबन्ध गरेको छ । गाउँ कार्यपालिकाको बैठकले सेवा दिने नाममा राजनीति गरेको भन्दै गाउँपालिकाको १ देखि ९ वटै वडासम्म कार्यक्रम सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

मुल्ली आगलागी : अन्न जल्यो, भण्डार रित्तियो

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले गाउँले त्यो बस्तीलाई अन्न भण्डारका हिसावमा चिनाउँथे।

गाउँ नै आगो लगाउने पक्राउ

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

अलपत्र परेकालाई उद्धार जारी

जुम्लाको तिला गाउँपालिकाले रुपैडियादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्