९ मंसिर २०८१ आइतबार
image/svg+xml

थप अनुसन्धानका लागि डिआइजीको संयोजकत्वमा अर्काे समिति गठन

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान तथा छानविन गर्न अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक (डिआइजी) धिरु बस्न्यातको संयोजकत्वमा एक समिति बनाएको छ। यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा बनेको समितिलाई समेत गाभेर डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो।

उच्चस्तरीय छानविन समितिले पनि ठोस सबुत पाउन सकेन

कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरवाही गर्ने पाँच प्रहरीलाई निलम्बन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

‘५० दिन भयो,निर्मला हत्या छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५१ दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको अाराेप उनीहरूकाे थियाे।

निर्मला पन्त बलात्कार, हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको छ।

निर्मला हत्या प्रकरणः छानविन समितिबाट राजीनामा गरेका वीरेन्द्र केसी किन फर्किए? (भिडियो)

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखिममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट २ दिन पहिले राजीनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजीनामा बुधवार फिर्ता लिए।

निर्मला हत्या प्रकरण : छानविन समितिमा फर्किए विरेन्द्र केसी

निर्मला पन्तको बलात्कार र हत्याराको पहिचान मुश्किल भएको र आफ्नै ज्यानसमेत जोखीममा रहेको भन्दै उच्चस्तरीय छानविन समितिको सदस्यबाट राजिनामा दिएका विरेन्द्रबहादुर केसीले आफ्नो पूर्वघोषित राजिनामा फिर्ता लिएका छन्।

निर्मला हत्याकाण्डः छानविन समितिले एसपी विष्टसँग सोधपुछ गर्ने, प्रतिवेदन तयार

भीमदत्त नगरपालिका– २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्त हत्याकाण्ड छानबिनका लागि सरकारले दुई साता अघि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा खटाएको उच्चस्तरीय छानविन समितिले घटनाको प्रतिवेदन तयार पारेको छ।

निर्मला हत्या प्रकरणः छानबिन टोली स्थलगत अनुगमनमा

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ।

कञ्चनपुर घटनापछि देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन्।

कञ्चनपुर घटना छानविन गर्न समिति गठन

सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ।

बेपत्ता व्यक्तिका आफन्तसँग बयान, भक्कानिए पीडित

वेपत्ता व्यक्तिको छानविन आयोगसँग बयान दिने क्रममा द्वन्द्वको घाउ कोट्याउँदा पीडित परिवार तथा आफन्तजन भक्कानिएका छन्। आयोगले दुई दिनदेखि सदरमुकाम चौतारामा उजुरीकर्ता बेपत्ता व्यक्तिका परिवारका सदस्य तथा आफन्तसँग बयान लिइरहेको छ।

जुम्ला घटना : कार्यदलकाे छानविनमा अाशंका नगर्न आग्रह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको अस्पताल घटनाको छानविन गर्न गठित सरकारी कार्यदलले छानविन कार्यमा शंका नगर्न आग्रह गरेको छ।

जुम्ला घटनाबारे बयान लिँदै समिति

चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको घटनाको छानविन गर्न गठित कर्णाली सरकारको कार्यदलले दर्जन बढी व्यक्तिसंग बयान लिएको छ। घटनाको प्रत्यक्षदर्शी, सञ्चारकर्मी, र सरोकारवाला निकायसंग व्यक्तिगत रुपमा लिखित बयान लिएको हो।

छानविन समिति गठन

कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

सिक्टा सिँचाइको बदमासी छानबिन गर्न समिति गठन

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्