९ मंसिर २०८१ आइतबार
image/svg+xml

गृह मन्त्रालयको छानविन टोली सर्लाहीमा

जिल्ला स्थित बाँके जंगल खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध खुलाउने क्रममा प्रहरीको गोली लागि सर्वसाधारणकाको मृत्यु एवं घाइते भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सर्लाही आएको छ।

गृह मन्त्रालयको छानविन टोलीले तथ्य फेला पार्न सकेन

प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादीका जनकपुर ब्यूरो सदस्य एवं सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनामा छानविन गर्न सर्लाही आएको टोली रितो हात काठमाडौं फर्किएको छ।

नागरिकता विधेयकमा भीम रावलका तीन संशोधन, गृहमन्त्रीमाथि छानविनकाे माग (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले जन्मसिद्ध र वंशजको नाममा वितरण गरिएको नागरिकताबारे छानविन गर्न माग गरेका छन्। नेता रावलले सर्वाेच्च अदालतको फैसलाविपरित गृह मन्त्रालयले वंशजको नागरिकता दिने सर्कुलर कानुन विपरित भएको भन्दै यसमा छानविन हुनुपर्ने माग गरेका हुन्। वंशजलाई नागरिकता दिन गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका सिडिओलाई सर्कुलर गरेका थिए।

छानविन अख्तियारको प्राथमिकतामा

२०६६ सालमा तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले आफ्नी पत्नी र छोरी सहित नातागोताका नाममा ५९० रोपनी सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता गरिदिएका थिए।

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्।

बालुवाटारको जग्गा हडपेको छैन्, निष्पक्ष छानविन होस्ः विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारी जग्गा नहडेपेको दाबी गरेका छन्। पौडेलले शुक्रवार साँझ विज्ञप्ति जारी गरी आफूले कानुन बमोजिम नै जग्गा खरिद गरेको र यसको निष्पक्ष छानविन गर्न माग गरेका छन्।

‘सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउनुस्’

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित केही न्यायाधीशको योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्चको कुर्सीमा सुहाउने न्यायाधीश पठाउन आग्रह गरेका छन्। बुधबार सुनुवाइ समितिमा परेको उजुरी छलफलमा उजुरीकर्ताले प्रस्तावित न्यायाधीशका योग्यतामा प्रश्न उठाएका हुन्।

मेडिकल शिक्षामा हुने अनियमितता छानविन गर्न उपसमिति

मेडिकल शिक्षा क्षेत्रमा अनियमतिता बढ्दै गएपछि प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर अध्ययन अघि बढाउने भएको छ।

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानविन गर्न अख्तियारलाई सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित नेपालकै प्रतिष्ठित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राडा राजकुमार रौनियारले विगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा विस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा पठाइएको छ।

मन्त्रिपरिषद् निर्णयः मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छानविन समिति गठन

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते (भोलि बिहीवार) राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

आर्थिक अनियमितता भएको छानविन उपसमितिको दाबी

कर्णाली प्रदेश सरकारले वैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। प्रदेश सरकारले संसद्लाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानबिनका लागि सार्वजनिक लेखा समिति समितिले कात्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

वाइडबडी प्रकरणले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

बलात्कारका अभियुक्तसँग तीनवटा नागरिकता, सिडिओसहित तीन कर्मचारी छानविनमा

पाँचथरकाे फाल्गुनन्द गाउँपालिका ३ का देवेन्द्र शिवाले जात तथा धर्म समेत फरक पर्ने गरी किर्ते गरी नागरिकता बनाएको घटनाको छानविनमा तीन सरकारी कर्मचारी तानिएका छन्। तीन वटा नागरिकता बनाएका शिवाले अन्तिम पटक २०७२ सालमा नागरिकता बनाउँदा संलग्न सम्बन्धित क्षेत्रका कर्मचारी छानविनको दायरामा परेका हुन।

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन : वाइडवडी खरिदमा ऐन पालना भएन

सार्वजनिक खरिद अनुगमन कार्यालयले वाइडवडी खरिदमा सार्वजनिक खरिद ऐनका प्रवन्धहरुको विश्लेषण नभएको बताएको छ। उसले वाइडवडी खरिदमा ऐन मिचिएको प्रतिवेदन लेखा समितिलाई दिएको छ।

वाइडबडी खरिदको छानबिन गर्न लेखा समितिले बनायो उपसमिति

नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी जहाज खरीद प्रकरणमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले उपसमिति बनाएको छ। समितिको बुधबार बसेको बैठकले वाइडवडी खरिद प्रकरणको अनियमितताका विषयमा छानविन गर्न उपसमिति बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्