ब्याक डेस्कका कर्मचारीले घरबाटै काम गर्नेे
नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न सक्ने भन्दै नेपाल बैंकर्स संघले नयाँ व्यवस्था लागू गर्न सदस्य बैंकरलाई ‘एड्भाइजरी’ जारी गरेको छ।
नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न सक्ने भन्दै नेपाल बैंकर्स संघले नयाँ व्यवस्था लागू गर्न सदस्य बैंकरलाई ‘एड्भाइजरी’ जारी गरेको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक, औद्योगिक, पर्यटकीय, कृषिजस्ता क्षेत्रमा लगानीका लागि आफ्नो प्रदेशमा पर्याप्त सम्भावना रहेको बताएका छन्।
बैंकर्स संघले श्रम मन्त्री रामेश्वर राय यादवलाई सामाजिक सुरक्षा कोषमा जान ‘रिजर्भेसन’ राख्दै पत्र बुझाएका छन्। संघले यसअघि मन्त्री गोकर्ण विष्टसँग सहमति गरेकामा नवनियुक्त मन्त्री यादवलाई पनि यसअघिका सर्तअनुसार सामाजिक सुरक्षा कोषमा दर्ता हुन ‘रिजर्भेसन’ राखेको जनाएको छ।
राष्ट्र बैंकले ब्याजदर गणनालगायत विषयमा गत सोमबार वाणिज्य बैंकहरुलाई पठाएको निर्देशनप्रति बैंकरहरुले असहमति जनाएका छन्। वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघमा बुधबार बैंकरहरुबीच भएको छलफलपछि राष्ट्र बैंकको निर्देशनप्रति असहमति जनाउँदै परिवर्तन गर्न माग गरिएको हो। संघले राष्ट्र बैंकको निर्देशन कार्यान्वयनमा आए बैंकहरुको आम्दानी २५ प्रतिशतसम्मले घट्ने बताएको छ।
ऋणको ब्याजदर घटाउने रणनीतिमा लागेको नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच तीव्र विवाद देखिएको छ।
सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।
बैंकर्सहरूले मौद्रिक नीतिको समीक्षाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार बेलुका सार्वजनिक समीक्षाले बैंकिङ क्षेत्रलाई संकुचन ल्याउने भन्दै उनीहरूले असहमति जनाएका हुन्। निजी बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मौद्रिक नीतिको समीक्षाले समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने बताए। उनले भने, ‘केही क्षेत्रमा यसले असर गर्छ। हामी छलफलमा छौं। भोलि(बुधबार)हाम्रो धारणा सार्वजनिक हुन्छ।’
स्थानीय निकायको ४० अर्व रुपैयाँ बचतका रुपमा पाएलगत्तै बैंकहरुले ब्याजदर बढाउने चलखेल गरेपछि निजी क्षेत्रका लगानीकर्ता तथा सरकारसमेत बाणिज्य बैंकहरुप्रति रुष्ट बनेका छन्। अर्थमन्त्रालयले समस्या अध्ययन गर्न एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ।
व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ। मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँग व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो।
नेपाल बैंकर्स संघले तेह्रथुमको म्याग्लुङ बजारमा वित्तीय साक्षरता तथा सहुलियत कर्जासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ।
एनआइसी एसिया बैंकका लोन अफिसर सुमित मानन्धर अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी हिरासतमा पुग्नुको कारण हो अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोग।