६ आश्विन २०८१ आइतबार
image/svg+xml

वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको पहिलो सर्किट तयार

कोसी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट तयार भएको छ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे।

सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै महिला

हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।

ढुकुरपोखरीमा ३ दिन अघि आएको हिमपहिरो पन्छाउन सुरु

ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरोलाई पन्छाउन थालिएको छ। हिमपहिरोका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ।

पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।

घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (अपडेट)

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाः तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।

ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ।

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

उनका अनुसार विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–६ नेता चोकमा घाइते अवस्थामा भेटिएका थिए।

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्