२२ वैशाख २०८१ शनिबार
image/svg+xml

इटालियन सिरी ‘ए’

इटालियन फुटबल फेडेरेसन (एफआइजिसी) ले गत सोमबार नै यदि सिजन पूरा गर्न सकिएन भने प्लेअफ या अल्गोरिदम (हालसम्म खेलिएका खेलबाट औसत अंक) को योजना पारित गरेको छ । शुक्रबार नै सिरी ‘ए’ क्लबले च्याम्पियन र रेलिगेसनबिना सिजन समाप्त गर्न प्रस्ताव गरेको थियो । एफआइजिसीका अध्यक्ष गाब्रिली ग्राभिनाद्वारा प्रस्तावित योजनाहरू सर्वसम्मतिले अनुमोदन भएका थिए ।

बालाटेली बर्खास्त

नियमित अभ्यासमा सहभागी नभएको भन्दै इटालियन सिरी ‘ए’ क्लब ब्रेसियाले स्ट्राइकर मारियो बालाटेलीलाई बर्खास्त गरेको छ ।

जुन २० बाट सिरी ‘ए’

कोरोना भाइरसको महामारीका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित छ । सिरी ‘ए’ मा अन्तिम १२ चरणका खेल बाँकी रहँदा युभेन्ट्स १ अंकको अग्रताका साथ शीर्ष स्थानमा छ । सिरी ‘ए’ क्लबका खेलाडीहरूले यसै साताबाट व्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् भने टोलीले एकसाथ यसै साता अभ्यास गर्न पाउनेछन् । इटालियन फुटबल संघ (एफआइजिसी) ले अगस्ट २० सम्ममा २०१९—२०२० सिजन सक्ने योजना सार्वजनिक गरिसकेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्