८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

बालाटेली बर्खास्त

मिलान नियमित अभ्यासमा सहभागी नभएको भन्दै इटालियन सिरी ‘ए’ क्लब ब्रेसियाले स्ट्राइकर मारियो बालाटेलीलाई बर्खास्त गरेको छ ।

इटालीको सञ्चारमाध्यमका अनुसार शनिबार ब्रेसियाका मालिक मासिमो केलिनोले बालाटेलीलाई एक पत्र पठाउदै क्लब र उनीबीचका लागि भएको तीन वर्षको सम्झौता रद्द भएको उल्लेख गरेका छन् । म्यानचेस्टर सिटी र लिभरपुलका पूर्वस्टइकर बालाटेलीले ब्रेसियासँग २०२२ सम्मका लागि सम्झौता गरेका थिए । तर सम्झौताकै अनुसार ब्रेसिया यो सिजन रेलिगेसनमा परेमा भने उक्त सम्झौता स्वतः रद्द हुने उल्लेख गरिएको थियो । हाल ब्रेसिया सिरी ‘ए’ को पुछारमा छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको सिरी ‘ए’ जुन १७ बाट पुन सुचारु हुँदै छ । त्यसैले टोलीहरू अभ्यासमा फर्किसकेका छन् ।

बालाटेलीका एजेन्टले केही समयअघि उनी ब्राजिलियन क्लब भास्को डी गामा, टर्किस क्लब गालातासरे र एमएलएस क्लबमा जान इच्छुक रहेको बताएका थिए । जनवरीमा पनि बालाटेलीले लगातार १० दिन अभ्यासमा सहभागी भएका थिएनन् । मे २६ पछि खेलाडीहरूलाई अभ्यासमा सहभागी हुन निर्देशन दिइएको थियो ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App