७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुमित र सुधाको जोडी क्वार्टरफाइनलमा

नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी दशौँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको मिक्स युगलतर्फ अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।

कात्तिक अन्तिममा पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाडाैंमा हुने भएको छ ।

जुनियर ब्याडमिन्टन सिरिजकाे उपाधि नेपालका प्रिन्सलार्इ

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन्।

दीपेश र रसिला च्याम्पियन

विभागीय टोली एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल र महिला एकलमा क्रमशः च्याम्पियन बनेका छन्।

रत्नजित सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलको सेमिफाइलनमा प्रवेश गरेका छन्।

रसिला र जेसिका फाइनलमा

त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन र नेपाल एपिएफ क्लबकी जेसिका गुरुङ तेस्रो योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गतको महिला एकलतर्फ उपाधिनजिक पुगेका छन्।

जब मैदानमा उत्रियाे उर्जामन्त्रीकाे जाेडी (फाेटाे फिचर)

रोल्पा सदरमुकामस्थित कवर्ड हलमा पूर्वसभामुख ओनसरी घर्तीसंगै मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन खेल खेलेका थिए। उर्जा मन्त्री बर्षमान पुन र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विरुद्धमा पूर्वसभामुख ओनसरी घर्ती र जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा भिडेका थिए। श्रीमान श्रीमती फरक फरक टिमबाट ब्याडमिन्टन खेलिरहेकाे दृश्य राेचक थियाे। याे दृश्यले हलमा खुसीयाली छाएको थियो।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

ब्याडमिन्टन टोली भारततर्फ

भारतको पुनेमा हुने इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ।

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ। ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादनमा थप पहल गरिने जानकारी दिए।

ब्याडमिन्टनमा नेपाल फाइनलमा

भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

खुला ब्याडमिन्टन बेनीमा

गँगटा युवा क्लबले म्याग्दी जिल्ला ब्याटमिन्टन संघसँगको सहकार्यमा राष्ट्रियस्तरको खुला ब्याटमिन्टन प्रतियोगिताको चौथो संस्करण चैत ९ गतेबाट बेनीमा गर्ने भएको छ। गँगटा युवा क्लबले विगतका तीन संस्करण काठमाडौंमा गरेको थियो।

ब्याडमिन्टनमा आर्मीको दबदबा

साबिक विजेता नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको उपाधि जितेका छन्। बिहीबार हल्चोकमा त्रिभुवन आर्मी क्लबका रत्नजितले आफ्नै क्लबका नवीन श्रेष्ठलाई २१–१७, २१–९ को सेटमा हराएर उपाधि रक्षा गरेका थिए।

सशस्त्रले ब्याडमिन्टन र लन टेनिस हुँदै

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिताको १३ औं तथा राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको चौथो संस्करण माघ १६ गतेबाट गर्ने भएको छ। सहवीर स्मृती खुल्ला लन टेनिसको नवौं संस्करण भने माघ १३ गतेबाट हुने भएको छ।

ब्याडमिन्टनमा आर्मीलाई ६ स्वर्ण

६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थान ओगट्दै विभागीय टोली  त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदअर्न्तगत ब्याडमिन्टनमा बर्चश्व कायम गरेको छ। झापाको काँकडभिट्टामा बुधबार सकिएको ब्याडमिन्टन प्रतियोगितामा ७ स्वर्णमध्ये आर्मी एक्लैले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्