काठमाडौं- भारतको गुवाहटीमा जारी प्रथम दक्षिण एसियाली मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
पाँच राष्ट्र सहभागी राउन्ड रोविन लिगमा नेपाल उपविजेता हुँदै फाइनलमा पुगेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । नेपालले उपाधिका लागि बुधबार भारतको सामना गर्नेछ । नेपाल र भारतसहित प्रतियोगितामा भुटान, माल्दिभ्स र बंगलादेश सहभागी छन् । भारत विजेता हुँदै फाइनलमा पुग्यो ।
नेपालले बंगलादेश, भुटान र माल्दिभ्सलाई समान ५–० को नतिजामा पराजित ग¥यो । भारतसंग भने नेपाल ५–० ले नै चुकेको थियो ।
नेपालबाट दीपेश धामी, नवीन श्रेष्ठ, गौतम कठायत, जेसिका गुरुङ, सनैना मुखियाँ र रसिला महर्जन सहभागी छन् । मिक्स टिममा पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुन्छ ।
प्रकाशित: २० मंसिर २०७४ ०२:४८ बुधबार