७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रिन्स तीनै विधातर्फ क्वार्टरफाइनलमा

सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृित राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको तीनै विधामा क्वार्टरफाइनल प्रवेश गरेका छन्।

दीपेश र प्रिन्स अन्तिम सोह्रमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम सोह्रमा प्रवेश गरेका छन्।

गुरुङ र छन्त्याल पुरस्कृत

नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमबीच पुरस्कृत गरेका छन्।

राजु र विजय अन्तिम आठमा

आयोजक किङ कम क्लबका राजु रायमाझी र विजय थापाको जोडी नवौं बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। पुरुष युगलमा राजु र विजयको जोडीले जोरपाटी क्लबका कृष्ण थापा र कुमार विकको जोडीलाई २१–१७, २१–१८ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

पुरुष एकलमा प्रिन्स च्याम्पियन

प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोटर्स ग्राम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टनको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

प्रिन्सको विजयी सुरुआत

दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधाका विजेता प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा विजयी सुरुआत गरेका छन् ।

प्रिन्सलाई दोहोरो उपाधि

नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा शुक्रबार दोहोरो उपाधि जितेका छन्। मोरङको सहिद रंगशालाको कभर्डहलमा भएको ब्वाइज एकल यु–१५ र यु–१९ दुवैतर्फको फाइनलमा जित निकाल्दै प्रिन्सले दोहोरो उपाधि जितेका हुन्।

प्रिन्स र रसिला उपाधिनजिक

यु–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश गरेका छन्।

प्रिन्स अन्तिम चारमा

दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका छन्।

प्रिन्स र प्रफुल अन्तिम आठमा

नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यु–१९ तर्फ मंगलबार अन्तिम आठमा प्रवेश गरेका छन्।

उदयपुरमा ‘प्रदेशस्तरीय ब्याडमिन्टन’

उदयपुर सदरमुकाममा शनिबार बिहानदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल सुरु भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा ‘दोस्रो १ नं. प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ०७५’ को फाइनल खेल सुरु भएको हो।

नेपालको चुनौती समाप्त

बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ।

रत्नजित र दीपेशको जोडी क्वार्टरफाइनलमा

नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा बुधबार क्वार्टरफाइनलमा पुगेको छ।

रत्नजितको विजययात्रा सुरु

नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८ मा विजयी यात्रा सुरुआत गरेका छन्।

नेपाली ब्याडमिन्टन टोली बंगलादेश प्रस्थान

बंगलादेशमा सञ्चालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाली ब्याडमिन्टन टाेली साेमबार त्यसतर्फ प्रस्थान गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्