काठमाडौं – नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८ मा विजयी यात्रा सुरुआत गरेका छन्।
पुरुष एकलतर्फ भारतका अङ्कुर साङपाङ राईलाई २१–११ र २५–२३ ले पराजित गर्दै रत्नजित दोस्रो चरण प्रवेश गरेका हुन्। रत्नजितले बुधबार मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपालकै नम्बर दुई खेलाडी दीपेश धामी भने पराजित भएका छन्।
दीपेश इन्डोनेसियाका क्रिस्टियन एडिनाटासँग २१–१८ र २१–१३ ले पराजित भएको टिम व्यवस्थापक सुभास श्रेष्ठले जानकारी गराए। पुरुष जोडीमा भने रत्नजित र दीपेशको जोडी बाई प्राप्त गर्दै दोस्रो चरणमा पुग्यो।
यस्तै महिला जोडीमा पनि नङ्सलदेवी तामाङ र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ भने मिश्रित जोडीतर्पm पनि दीपेश धामी र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेको छ।
प्रकाशित: २५ मंसिर २०७५ २३:२७ मंगलबार