७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्स र प्रफुल अन्तिम आठमा

प्रिन्स दाहाल ।

काठमाडौं – नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यु–१९ तर्फ मंगलबार अन्तिम आठमा प्रवेश गरेका छन्।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्सतर्फ प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३ र २१–११ ले तथा यु–१९ का नम्बर एक खेलाडी  प्रफुलले नेपालकै सुरज गुप्तालाई २१–८ र २१–११ ले पराजित गरेका थिए। नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिनले पनि क्वार्टरफाइनलमा स्थान पक्का गरे।

त्यस्तै यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गर्न सफल भए। सहिद रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु–१९ गल्र्स तर्फ को खेलमा बिष्णा राई र रोज पाण्डे पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए।

प्रकाशित: २५ पुस २०७५ ००:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App