१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

बाग्मती सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोसी–मरिन

सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।

सिँचाइ दिवसमा उत्कृष्ठलाई सम्मान

सिँचाइ दिवस तथा ६५ औं वार्षिकोत्सवका अवसरमा तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विभिन्न जल उपभोक्ता, आयोजना तथा कर्मचारीलाई सम्मान गरिएको छ ।वर्षभरि गरिएको कामको मूल्यांकनको आधारमा सिँचाइ विभागले दिवसको अवसरमा आइतबार विशेष कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।

धान सुपरजोनमा सौर्य ऊर्जाबाट सिँचाइ

झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिए ।

एसियाली सिँचाइ सम्मेलन काठमाडौंमा

अन्तर्राष्ट्रिय सिँचाइ तथा जल विकास नियोगको आठौं एसियाली सम्मेलन काठमाडौंमा हुने भएको छ । नेपाल सरकार, सिँचाइ विभाग र नेपाल राष्ट्रिय सिँचाइ तथा जल निकास समिति (नेन्सिड)को संयुक्त आयोजनामा वैशाख १९ देखि २१ गतेसम्म काठमाडौंमा हुन लागेको हो।

आफ्नै गाउँमा घाट, सौर्य बत्ती र सिँचाइ

राष्ट्रिय गौरवको चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि गठित राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका पदाधिकारीहरूले पदीय अधिकार दुरुपयोग गरी कार्यक्रमको उद्देश्यविपरीत आफ्नै जिल्लामा साना बजेटका टुक्रे कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सिँचाइ सुविधा पुगेपछि कृषकलाई राहत

वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन्।

म कामको हेभीवेट हुँ : सिँचाइ मन्त्री गौतम

सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्।  रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए।

भेरी सिँचाइको डिपिआर अन्तिम चरणमा

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजनाले पनि गति लिन थालेको छ । सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिँचाइ, कृषि सडक र विद्युत पु¥याउने उद्देश्यले भेरी करिडोर सिँचाइ विकास आयोजना सुरु भएको हो ।

मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ आयोजना

सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरुमा लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो।

चन्द्रनहर सिँचाइ आयोजनामा करिब दुई अर्बको क्षति

हालै आएको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लामा आएको भिषण बाढी र पहिरोले पुरानो चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा रु एक अर्ब ८८ करोड मूल्य बरावरको क्षति भएको छ।

सिँचाइका ८६ कर्मचारी विदेश सयरमा

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित मन्त्रालयअन्तर्गतका विभाग, निर्देशनालय, डिभिजन तथा आयोजनाका अधिकांश प्रमुख विदेश भ्रमणमा छन्। ती कर्मचारीहरू इटाली, भारत, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स र मलेसिया भ्रमणमा गएका हुन्।

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

सञ्चालन नहुँदै भत्कियो सिँचाइ कुलो

तिला गाउँपालिका–३ स्थित सिँचाइ कुलो सञ्चालन नहँुदै भत्किएको छ । पानी ल्याउन नपाउँदै कुलो भत्किएपछि स्थानीयको सिँचाइ गर्ने धोको अधुरै रहेको छ । निर्माण समितिले कुलो निर्माणमा कमसल सामाग्री प्रयोग गर्नुका साथै निर्माणस्थलमा पशुवस्तु छाडा छोड्नाले कुलो निकै जीर्ण बनेको हो । स्याउ र धान रोप्ने प्रयोजनका लागि निर्माण भएको कुलो चिरा परेको छ । मुहानदेखि पानी छाड्ने बित्तिकै चुहिएर ट्यांकीसम्म पुग्ने अवस्था देखिँदैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्