१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रसुवामा कोरोना सङ्क्रमित शून्य

जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।

कोरोना सङ्क्रमित छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’

काठमाडौँ महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ।

१६ सशस्त्र प्रहरी सङ्क्रमित

पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ।

विदेशमा कोरोना सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो।

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

भारतमा एकैदिन २९ हजार बढी सङ्क्रमित

भारतमा एकैदिन कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमित बढ्दै

सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९ पुगेको छ।

बेइजिङमा नयाँ कोरोना सङ्क्रमित भेटिए

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन्। सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो।

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अस्थायी कोरोना अस्पतालमा बेड अभाव

कलैया उपमहानगरपालिका ३ गंगापुरमा रहेको प्रादेशिक्ष शैक्षिक तालिम केन्द्रमा संचालनमा ल्याइएको अस्थायी कोरोना अस्पतालमा संक्रमितहरूलाई राखेर उपचार गर्ने आइसोलेसन बेडको कमी देखिएको छ। जेठ १६ गते देखि कलैया जिल्ला अस्पतालको बिकल्प रुपमा प्रादेशिक शैक्षिक तालिम केन्द्रमा अस्थायी कोरोना अस्पताल संचालन ५० वटा आइसोलेसन बेडबाट संचालनमा ल्याइएको हो।

सङ्क्रमितको पुनः कोरोना परीक्षण गरिँदै

बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्