८ वैशाख २०८१ शनिबार
समाज

सङ्क्रमितको पुनः कोरोना परीक्षण गरिँदै

बैतडीका कोरोना सङ्क्रमितको पिसीआर परीक्षण पुनः गरिने भएको छ।  जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने भएको हो। स्वाब सङ्कलनपश्चात परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।  

जेठ ९ गतेदेखि आइसोलेसनमा रहेका ती युवकमा कोरोना ठिक भए÷नभएको जानकारी लिन पिसीआर परीक्षण गरिन लागिएको हो। सङ्क्रमित पुष्टि भएको कम्तीमा पनि एक हप्तामा पिसीआर परीक्षण गर्ने गरिन्छ। लगातार दुई पटकसम्म पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित निको भएको पुष्टि हुने र त्यसपछि डिस्चार्ज गरिने उनले बताए। 

 सङ्क्रमितको एक हप्तापछि २४ घण्टा लगातार दुईपटक पिसीआर परीक्षण गर्ने गरिन्छ। गत वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकमा जेठ ९ गते कोरोना  पुष्टि भएको थियो। सङ्क्रमित ती युवक चैत ६ गते भारतबाट आएका बुझिएको छ। 

प्रकाशित: १७ जेष्ठ २०७७ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App