२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भारतमा एकैदिन एक लाख २७ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन्।

महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ। यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९ सय ८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ।

भारतमा एकैदिन ८१ हजार कोरोना सङ्क्रमित

सङ्क्रमित र मृतकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि राजधानी दिल्लीमा भने लकडाउन लागू गर्ने कुनै योजना नरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। महामारी फैलिँदै गएकाले फेरि लकडाउन लागू हुने आशङ्का र चर्चा चलिरहेका बेला शुक्रबार उनले लकडाउन लगाउने योजना नरहेको स्पष्ट पारे।

फ्रान्समा एकैदिन ४२ हजारमा कोरोना सङ्क्रमण

फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि सुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ। सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन्।

भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ। सो दिनदेखि शुक्रबारसम्म एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्ष रुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्तिहरु रहेका छन्।

तारकेश्वरमा कोरोना सङ्क्रमितलाई पाँच हजार रूपैयाँ दिइने

तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार रूपैयाँ दिने भएको छ।

प्रदेश १ मा ७४० डिस्चार्ज, ५६ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २० महिला र ३६ पुरुष गरी ५६ जना मात्र कोराना सङ्क्रमित भएका छन्। सो अवधिमा १७६ जनाको मात्र पिसिआर परीक्षण भएको हो।

आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

कोरोना सङ्क्रमितले होम आइसोलेसन रोज्ने क्रम बढेसँगै सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि आइसोलेसेन केन्द्र भने रित्तिन थालेका हुन्।

टोखामा सङ्क्रमित १३ सय नाघ्यो, होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने

नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने।

धरानमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितलाई पुनः सङ्क्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ।

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्