उल्टो मिटर घुमाउने कर्मचारी खोज्दै प्रहरी टोली हेटौंडामा
महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजात नियन्त्रणमा लिएको छ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाको कागजात नियन्त्रणमा लिएको छ।
वन फँडानीको समाचार प्रकाशित भएपछि जिल्ला वन कार्यालय डोटीले रेन्जर सुरेश रोकायाको नेतृत्वमा स्थलगत निरिक्षण टोली परिचालन गर्यो। टोलीले माघ १४ गते जिल्ला बन कार्यालयमा 'प्रारम्भीक प्रतिबेदन' बुझाएको जनाएको छ।
जोरायल वन फँडानीमा मिलेमतो रहेको आशंकामा जिल्ला वन कार्यालय डोटीले ईलाका वन कार्यालय जोरायलमा कार्यरत दुई कर्मचारीहरुलाई तत्कालका लागि निलम्बन गरेको छ।
निजामती कर्मचारीको अवकास उमेर हद दुई वर्ष थप गर्ने सामान्य प्रशासन मन्त्रालयको तयारीमा लोकसेवा आयोगले असहमति जनाएको छ। केही उच्च पदस्थ कर्मचारीको चलखेलमा सामान्यले कर्मचारी उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्याउन प्रक्रिया अघि बढाइरहँदा आयोगले निजामती ऐन संशोधनमा असहमति जनाएको हो।
त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको चुनाव आगामी फागुन ५ गते हुने भएको छ। चुनावका लागि देशभरका आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालय गरी ६७ वटा मतदान केन्द्र रहनेछन्। निर्वाचनमा पाँच हजार चार सय ६७ कर्मचारीले मतदान गर्ने समितिले जनाएको छ।
सांसदले कर्मचारीलाई चट्काएर कानुनी शासनको उपहास गरेको घटनालाई ताप्लेजुङ प्रशासनले मिलापत्रमा टुङग्गाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीहरुमा इमानदारिता आवश्यक रहेको बताएका छन्। राज्यले तोकेकोभन्दा बढी राजस्व संकलन गर्न र सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता हुनुपर्ने बताएका छन्।
स्वास्थ्य संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा खुला राख्न व्यवस्था मिलाउन सरकारले ल्याएको नियमका पक्ष र विपक्षमा बहस हुन थालेपछि स्वास्थ्य मन्त्री थापाले जेनेभाबाट नै अपिल जारी गरेका छन् ।
लोडसेडिङ अन्त्य गर्ने सरकारी अभियान चलिरहेका बेला विद्युत् प्राधिकरणकै कर्मचारीको संलग्नतामा विद्युत् चोरी भइरहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो।
विद्युत चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई पक्राउ गरेको छ।
जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुवोध मिश्रको कार्यशैलीको विरोधमा कर्मचारी आन्दोलित भएका छन्। प्रमुख मिश्रले माघ १ गते राष्ट्रिय योग दिवस नमानएर दिवसको लागि आएको बजेट हिनामिना गरेको आरोप छ।
सप्तरी मानराजा गाविसका सचिव विन्दुलाल चौधरी सामाजिक सुरक्षा भत्ताको २२ लाख रुपैयाँ लिएर ४ महिना सम्पर्कविहीन भए। गत जेठमा गाउँलेको 'डेलिगेसन' पछि जिल्ला विकास समितिले चौधरीलाई खोजी गर्न थाल्यो। जिविसको खोजीमा चौधरी फेला परेनन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन्। भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने, “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु, त्यसो हुनुभएन ।”
कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीहरु तयारी भएर बस्न अाग्रह गरेका छन्।
समाज कल्याण परिषद्ले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि जम्मा भएको करोडौं रुपैयाँ दुरुपयोग गरेको विषयमा नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने भएको छ ।