११ मंसिर २०८१ मंगलबार
image/svg+xml

साहित्यकार जगदीशशम्शेर जबराको निधन

नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । काठमाडौँको बबरमहलमा जन्मिएका साहित्यकार जबराले गोरखा परिषदबाट राजनीतिक यात्रा सुरू गरेका थिए । विसं २०१५ को आमनिर्वाचनमा उनले अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थियो ।

दुर्घटनामा परी किर्गिस्तानका उपप्रधानमन्त्रीको निधन

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

गायक बासुदेव मुनालको निधन

गायक बासुदेव मुनालको बिहीबार साँझ भक्तपुर क्यान्सरमा उपचारको क्रममा निधन भएको छ ।  ६८ वर्षीय गायक मुनाल  घाँटीको क्यान्सरबाट पीडित थिए । ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’ र ‘झमझम इष्टकोट’ लगायय गीतमा स्वर दिइसकेका गायक मुनाल चार दशकदे रेडियो नेपालमा आवद्ध थिए ।

'प्ले बोइ' म्यागेजिनका संस्थापक हेफनरको निधन

प्लेबोइ म्यागेजिनका फाउन्डर हग हेफनरको ९१ को वर्षको उमेरमा बुधबार मृत्यु भएको छ। प्लेबोइको आधिकारिक ट्विटर ह्यान्डलले जनाएअनुसार हेमनरले आफ्नै घरमा अन्तिम श्वास लिएका थिए।

वडाध्यक्ष पदका उम्मेदवार यादवको निधन

राजविराज नगरपालिका १५ मा राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट वडाअध्यक्षका उम्मेदवार महन्थी यादवको निधन भएको छ।

क्यानका पूर्व अध्यक्ष शाहको निधन

नेपाल क्रिकेट संघ (क्यान)का  पूर्व अध्यक्ष जय कुमार नाथ शाहको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।

चितवनमा तीनजनाको निधन

बाढी पहिरोका कारण चितवनमा तीनजनाको ज्यान गएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक थापाका अनुसार दुईजनालाई खोलाले बगाएको हो भने एकजनाको घर भत्केर काठले च्यापिदा निधन भएको हो।

बलिउड कलाकार पञ्चालको निधन

बलिउडमा लामो समयदेखि क्रियाशिल कलाकार सिताराम पञ्चालको निधन भएको छ । विगत तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको बिहीबार निधन भएको हो ।

डिना बाङ्देलको निधन

कला इतिहासकार डा. डिना बाङ्देलको अमेरिकाको भर्जिनियास्थित अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको छ । दुई साताअघि साइनसको शल्यक्रियाको लागि अस्पताल भर्ना भएकी उनलाई मेनिन्जाइटिसको संक्रमणपछि निधन भएको थियो । कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागको निर्देशक रहेकी ५४ वर्षीया बाङ्देल साहित्यकार लैनसिङ बाङदेलकी छोरी हुन् ।

गोली लागेका अमेरिकी सांसद्को निधन

अमेरिकाको रिपब्लिकन पाटीका सांसद ह्प्पि स्टिभ स्टालिस्को निधन भएको छ । बुधबार एक खेल मैदानमा खेल हेरिरहेको समयमा उनी लगायत उनका सहयोगीहरू माथि गोली प्रहार गरिएको थियो।

नेविसङ्घका पूर्व महामन्त्रीको अमेरिकामा निधन

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो।

र्‍याडिसन होटलका मालिक बीके श्रेष्ठको निधन

होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष तथा लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनका प्रबन्ध निर्देशक बीके श्रेष्ठको निधन भएको छ।

साहित्यकार ढकालको निधन

चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आइतबार बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ।

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्