१६ वैशाख २०८१ आइतबार
image/svg+xml

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति गठन गरेको छैन।

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

पुरानो राजपा ब्युँझाउने प्रयास

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय तहका नेताहरूले पुरानो राजपा ब्युँझाउने प्रक्रिया सुरु गरेका छन् । उनीहरूले तत्कालीन राजपा र समाजवादीबीचको एकीकरण र पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

आयोग नपुग्दै जनता समाजवादीको एकता भत्कने अवस्थामा

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीमा नेतृत्वको विषयमा गम्भीर मतभेद देखिएको छ । पार्टी एकीकरणको काम नसकिँदै पार्टी नेतृत्वका विषयमा विवाद उत्पन्न हुँदा एकता प्रक्रिया नै गम्भीर मोडमा पुगेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्