१० मंसिर २०८१ सोमबार
image/svg+xml

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्ट उत्पादन

कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ।

सर्वोत्तम सिमेन्टको आईपीओ आवेदन आजबाट खुला

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

बिजुली काटिएका उद्योगी भन्छन्- ‘प्राधिकरणले टिओडी मिटर देखाओस्, बक्यौता तिर्न तयार छौं’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर पनि विद्युत् बक्यौता नतिरेको भन्दै बिजुलीका लाइन काटिएका उद्योगीले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको आधारमा बिल देखाउन माग गरेका छन्।

सौर्य मिथिलालोक चित्रकला प्रतियोगिता सम्पन्न

सौर्य सिमेन्टको आयोजना र विजयलक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिलालोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काट्यो

नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज बेलुकीपख काटेको हो।

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पूर्ण रुपमा सञ्चालन गर्न परेका समस्या र चुनौतिका विषयमा अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाउन उद्योग समितिले सरकारलाई निर्देशन दिएको छ।

सामुहिक प्रयासले उदयपुर सिमेन्ट उद्योग पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री

सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताए।

खानी सञ्चालनको दाउमा हेटौँडा सिमेन्ट बन्द गराउन लागे निजी उद्योगी: बर्तौला

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मङ्गलवार यस्तो आरोप लगाएका हुन्।

राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रवन्धकले यस्तो बताएका हुन्।

संसदीय बैठकहरुमा ऐनसेल प्रकरण र चिनीको मूल्यबारे छलफल हुने

बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल जानकारी दिइएको छ।

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई सहयोग

शिवम् सिमेन्ट्सले मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर १५ मंगलपुर चितवनस्थित विश्व प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।

आर्थिक सङ्कटको मार: हेटौँडा सिमेन्टले कोइला खरिद गर्न सकेन, उत्पादन ठप्प

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

नागरिकको स्वास्थ्यमाथि सिमेन्ट उद्योगको खेलवाड, प्रदूषणले गाउँ नै बिरामी

शरीरमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्