१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

भारत भ्रमणका बेला नयाँ सम्झौता नगर्न सुझाव

परराष्ट्रमामिला जानकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका बेला विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन र आपसी विश्वास बढाउने आधार तयार गर्न सुझाव दिएका छन्। भ्रमणले संविधान जारी भएपछि दुई देशबीच उत्पन्न असमझदारी हटाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

भारत पुगेकाे दाेस्राे गैंडा पनि फिर्ता अायाे

बाढीमा बगेर भारतपुगेकाे चितवन निकुञ्जकाे दाेस्राे गैंडा पनि निकुञ्जका अधिकारीहरूले फिर्ता ल्याएकाे छन्। बाढीमा बगेर निकुञ्जका गैंडा भारत वाल्मीकि नगर र बगाहा पुगेका थिए।

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्।

भारतले ४० करोड सहयोग गर्ने

बाढीपहिरोपीडितको सहयोगका लागि भारत सरकारले ४० करोड रुपैयाँबराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर सहयोगको वाचा गरेका हुन्।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

भारतमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

बगेर भारत पुगेका तीन गैँडा फर्काइँदै

बाढीले दुर्लभ वन्यजन्तु गैंडालाई पनि कष्ट दिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गैंडा खोला र नदीमा आएको बाढीका कारण घाइते हुने र मरेका मात्रै छैनन् बगेर स्वभाविक बासस्थानभन्दा निकै पर पुगेका छन्। बाढीले उनीहरुलाई देशको सिमानाभन्दा पनि पर पुर्‌याएको छ। चितवन राष्ट्रिय निकुञ्जको टोली बगेर भारत पुगेका गैंडा फर्काउन जुटेको छ।

भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले राष्ट्रिय समस्याको हल गर्न राष्ट्रिय एकता जरुरी रहेको बताए।

नेपाल डुबाउने भारतीय बाँध

भारतद्वारा राष्ट्रिय गौरवको योजनाका रुपमा अंगिकार गरिएको १२ हजार पाँच सय किलोमिटर लामो नदी जडान आयोजनाले नेपाली भूमिमा विनाशलीला निम्त्याएको छ।

बाढीले भारत पुर्‍याएको गैँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ। हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन्।

बाढीले भारत पुर्‍याएको गैंँडा नेपाल ल्याउने तयारी

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्‍याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ।

भारतीय र चिनिया सैनिकबीच ढुंगा हानाहान

चीन भारत बीचको  विवादित सीमा क्षेत्र लद्दाखमा  चिनिया र भारतीय सैनिक बीच ढुङ्गा हानाहान हुँदा दुवै तर्फका केही सैनिकहरू घाइते भएका छन्।

साफ यु-१५ च्याम्पियनसिप : नेपालको समूहमा भारत र माल्दिभ्स

घरेलु मैदानमा हुने साफ यु–१५ च्याम्पियनसिपमा नेपालले समूह चरणमा भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अगस्ट १८ देखि २७ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र माल्दिभ्स समूह ‘बी’ मा छन् ।

भारतद्वारा शृंखला क्लिन स्विप

रविचन्द्रन आश्विनले चार विकेट लिएपछि भारतले सोमबार श्रीलंकालाई एक इनिङ र १ सय १७  रनले पराजित गरेको छ। फलोअनमा परेको श्रीलंकाले तेस्रो दिन नसकिँदै सबै विकेट गुमाएपछि भारत तीन खेलको शृंखला क्लिन स्विप गर्न सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्