६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

नेकपाले पार्टीका तल्ला कमिटीहरूको एकीकरण टुंग्याउन बुधवार पार्टी सचिवालय बैठक बोलाएको छ।

सार्क सचिवालय पुगेर सिरीसेनाले गरे वृक्षरोपण

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरेका छन्। ठमेलस्थित सार्क सचिवालयमा आइतबार बिहान सिरीसेना पुगेका हुन्।

नेकपाले जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पद नदिने

नेपाल कम्युनिष्ट पार्टीले जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदमा नराख्ने भएको छ। नेकपाको बिहीबार बसेको सचिवालय बैठकले प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा, जिल्ला समन्वय समितिका अध्यक्ष, नगर तथा गाउँपालिका प्रमुख उपप्रमुखलाई पार्टीको कार्यकारी पद अध्यक्ष वा सचिवमा नराख्ने निर्णय गरेको हो।

यस्तो छ प्रधानमन्त्रीको सचिवालय

पहिलोपटक प्रधानमन्त्री हुँदा सल्लाहकार र सचिवालय चुस्त बनाएको भनेर चर्चा कमाएका केपी शर्मा ओलीले यसपटक पनि सचिवालयलाई प्रभावकारी बनाउने प्रयास गरेका छन्।

नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ।

नेकपा सचिवालयको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सचिवालयको तेस्रो बैठक बस्दैछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु हुने पार्टीका महासचिव विष्णु पौडेलले बताए।

प्रदेशसभा सचिवालय वरपर निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नं ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषित गरेको छ।

संसद् सचिवालय सचिव कार्कीको राजीनामा

संसद् सचिवालय सचिव वीरेन्द्रबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन्। संसद् सचिवालय व्यवस्थापन समितिको मंगलबारको बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको छ। १७ महिनाअघि सचिवमा बढुवा भएका कार्कीको अझै तीन वर्ष नौ महिना सेवा अवधि बाँकी थियो।

सचिवालय बैठकमा दाहालको 'ब्रिफिङ' : राजनीतिक प्रतिवेदनमा सहमति भैसक्यो

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँगको एकता प्रक्रियामा भएको प्रगतिबारे ब्रिफिङ गरेका छन्।

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

संसद सचिवालय र पाँच दलको संयुक्त बैठक बस्दै

संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच दलहरू र संसद सचिवालयको संयुक्त बैठक केहीबेरमा बस्ने भएको छ।  संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरू नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र संसद सचिवालयबीच आइतबार बिआइसिसी भवन बानेश्वरमा बैठक बस्न लागेको हो।

संसद् सचिवालयले आज दलसँग छलफल गर्ने

संघीय संसद् सचिवालयले बुधबार संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गने भएको छ । सचिवालयले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न २ बजे छलफलका लागि उपस्थित हुन सबै राजनीतिक दललाई आमन्त्रण गरेको छ । संघीय संसद्को निर्वाचनपछिको पहिलो अधिवेशन भएका कारण दलसँग छलफल गर्न लागिएको हो । दुवै सदनको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बस्दैछ।

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

संसद् सचिवालयका कर्मचारी प्रदेशसभामा खटिए

संघीय संसद् सचिवालयले प्रदेशसभा सञ्चालनको शुरुवाती दिनमा सहजीकरणका लागि सहसचिवको नेतृत्वमा कर्मचारी खटाएको छ।

आठ जिल्लामा सचिवालय खोल्न साढे चार करोड स्वीकृत

अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई विभिन्न जिल्लामा सचिवालय खोल्न साढे चार करोड रुपैयाँ रकम स्वीकृति दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्