४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सार्क सचिवालय पुगेर सिरीसेनाले गरे वृक्षरोपण

काठमाडौं – श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले सार्क सचिवालयको भ्रमण गरेका छन्। ठमेलस्थित सार्क सचिवालयमा आइतबार बिहान सिरीसेना पुगेका हुन्। उनले क्षेत्रीय भातृत्वको लागि सार्कको भूमिका महत्वपूर्ण भएको बताए। सार्क सचिवालयले सार्कका गतिविधिहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

राष्ट्रपति सिरीसेनालाई सार्कका महासचिव अमजाद हुसैन बी सियालले सार्क सचिवालयका गतिविधि बारे जानकारी गराएका थिए। सिरीसेनाले सचिवालय हातामा बृक्षारोपण समेत गरेका छन्।

चौथो बिमस्टेक सम्मेलनमा काठमाडौं आएका सिरीसेना शनिबार गौतमबुद्धको जन्मस्थल लुम्बिनि पुगेका थिए। लुम्बिनिमा उनले मायादेवी मन्दीरमा पूजा गर्नुका साथै श्रीलंकन मन्दीमा ध्यान समेत गरेका थिए। सिरीसेना आज स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App