१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

धादिङको गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुई जनाको मृत्यु भएको छ। गाउँघरमा झाँक्री काम गर्दै आएका साइला भन्ने प्लेक तामाङ र नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बिकले बताए।

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो।

पहिरोमा परी एकै परिवारका तीनसहित ४ जनाको मृत्यु

बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ।

मोटरसाइकल र जीप जुध्दा एकको मृत्यु

तानसेन नगरपालिका ८ डुम्रेचोकमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। साँझ ७ बजेतिर भएको दुर्घटनामा परी तानसेन नगरपालिका १४ रिडीका २२ वर्षीय कृष्ण पुनको मृत्यु भएको हो।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।

रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु, चार घाइते

रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गतको मध्यपहाडि राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। सिस्ने गाउँपालिका–६, छिप्रीदहबाट यात्रु लिएर धौलापहिरातर्फ गइरहेको लु १ ज २५७३ नम्बरको जीप सोही गाउँपालिका–५, धारापानी नजिकै दुर्घटना भएको हो।

नाइजेरियामा बाढीमा परी ५२ जनाको मृत्यु

बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ । भने कैंयाै बेपता भएका छन् ।

गोरखामा पहिरोले घर पुरिँदा बालकसहित तीनको मृत्यु

गोरखाको सहिदलखन गाउँपालिका–६ अधेँरीमा पहिरोले घर पुरिँदा आठ महिने वालकसहित तीन जनाको मृत्यु भएको छ।

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ। आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिए।

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्