१० जेष्ठ २०८३ आइतबार
image/svg+xml

विवाद, आर्थिक अपारदर्शिता र अविश्वासको घेरामा बुद्धिचाल महासंघ

साधारणसभा नै दुई स्थानमा आयोजना हुने अवस्थासम्म पुगेपछि महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो।

नेपाल–भारत सीमा सुरक्षा बैठक: तस्करी, लागूऔषध र डुबान समस्याबारे छलफल

भारतको सितामढी मा नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।

विद्याको नजरमा कस्ता थिए मदन ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।

रास्वपा विस्तारित बैठकमा कुटाकुट प्रकरण: दुई नगर सभापति घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको शनिबार आयोजना गरिएको विस्तारित बैठकमै दुई पक्ष बिच झडप हुँदा दुई पालिका सभापतिहरु घाइते भएका छन्।

बागमतीमा १५ दशमलव १२ प्रतिशतले बढ्यो बेरुजु

बागमती प्रदेशमा बेरुजु रकम ५ अर्ब बढी पुगेको छ। नेपालको सर्वोच्च लेखापरीक्षक संस्था महालेखा परीक्षकको कार्यालयको ६३ औं प्रतिवेदन अनुसार प्रदेश स्थापना भएपछि बागमतीको बेरुजु रकम ५ अर्ब २८ करोड ६ लाख ९४ हजार रुपैयाँ पुगेको हो।

मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा शनिबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

रवि भन्दा बालेन १० गुणा बढि अपराधिक बाटोबाट आएका हुन्: महेश बस्नेत

नेकपा एमालेमा सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह रवि लामिछाने भन्दा १० गुणा बढि अपराधिक बाटोबाट राजनीतिमा आएको बताएका छन्।

महेश भन्छन्- रविको मुद्दा खारेजी स्वागतयोग्य छ, अब पीडितले ठगहरूबाट पैसा फिर्ता पाउँछन्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य व्यक्तिहरूमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज भएसँगै नेकपा एमालेका सचिव महेश बस्नेतले अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन्।

कांग्रेस कोशी भेला: प्रधानमन्त्रीलाई जवाफदेही बन्न आग्रह, २८ बुँदे ‘संकल्प पत्र’ सार्वजनिक

सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।

सरकारको कामले जनतामा आशा जागिसक्यो: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार गठन भएको छोटो अवधिमा गरिएको नवीनतम कार्यबाट जनतामा आशा जगाएको बताएका छन्।

गगन थापा भन्छन्: भदौ २४ घटनाको ढाकछोप स्वीकार्य हुँदैन

गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।

सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणमा युवाको योगदान उल्लेखनीय: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन्।

अलकत्रा अभावपछि एसियन राजमार्ग कालोपत्रेमा ढिलासुस्ती

सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ।

‘काजी’मा प्रेमसँगै असमानताको झल्को

कथाको मुख्य पात्र काजी ‘विपिन कार्की’ र कजिनीको भूमिकामा केकी अधिकारीको मुख्य पात्रको वरपर कथावस्तु घुमेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्