२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

खानीसम्बन्धी रोकिएका फाइल पेश गर्न उद्योग समितिको निर्देशन

उत्खननको अनुमति लिएर पनि उत्पादन गर्न नसकेका तथा खोजतलास र उत्खननका लागि आवेदन दिएका फाइलको अवस्थाबारे स्पष्ट विवरण उपलब्ध गराउन निर्देशन दिए।

फिलिपिन्सको विद्यालयमा गो*लीकाण्ड, दुई विद्यार्थीको मृ*त्यु

दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृ*त्यु भएको अधिकारीहरूले बताएका छन्।

पाँच वर्षीया बालिकालाई कर’णीको आरोपमा १४ वर्षीय किशोर पक्राउ

पथलैयाकी पाँच वर्षीया नाबालिकालाई कर’णी गरेको आरोपमा प्रहरीले शुक्रबार एक बालकलाई पक्राउ गरेको छ।

घरजग्गा कारोबारबाट ४ अर्ब राजस्व संकलन, मोफसलमा पोखरा र इनरुवामा बढी

भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन कार्यालय तथा स्थानीय तहबाट संकलित विवरणअनुसार यस्तो राजस्व उठेको हो।

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

मुलुकमा नयाँ संविधान आएको एक दशकमा बाँकेका सीमान्तकृत र लोपोन्मुख बस्तीहरूमा परिवर्तनप्रतिको आशाको किरण पलाएको छ।

जलवायुजन्य विपद्को क्षति यूएनमा तथ्यसहित उठाउनुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने बताएका छन्।

चलनचल्तीमा ल्याउन लागिएको ५० रुपैयाँको नयाँ नोटमा के–के छन् परिवर्तन ?

नयाँ नोटमा सर्वसाधारणले सहजै पहिचान गर्न सक्ने विभिन्न सुरक्षा विशेषता थप गरिएको राष्ट्र बैंकले जनाएको छ।

स्वास्थ्य बिमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी

स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको छ।

आयोजना स्वीकृतिमा ढिलाइ हुँदा राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको छ : मन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुने ढिलाइका कारण राज्यले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।

नेप्से बढ्ने क्रम जारी, कारोबार रकममा एक अर्ब २५ करोडको वृद्धि

शुक्रबार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह वित्त र अन्य उपसमूहको परिसूचकसामान्य अंक घटेको छ।

संघीयता प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ : रोशनी मेचे

नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई अधिकार तथा स्रोत उपलब्ध नगराउँदा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।

१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज

सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा कार्यानुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गरिएको हो।

जेनजी सांसदलाई उदाहरण बनेर काम गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : पुष्पकमल दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भारतबाट मुर्रा जातका भैंसी ल्याउने निर्णय किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन्।

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्