३ असार २०८१ सोमबार
image/svg+xml

पाठ्यक्रममा लेप्चादेखि होमस्टेसम्म

भौतिक र सामाजिक विकासमा नवीन अवधारणा अवलम्बन गरिरहेको सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रको गतिविधिमा एक खुट्किलो उक्लिएको छ। नगरले विद्यालयको आधारभूत तहका लागि स्थानीय लोपोन्मुख समुदायको संस्कृतिदेखि होमस्टेसम्म समेटिएको पाठ्यक्रम तयार गरेको छ।

लोपोन्मुख गिद्धको सङ्ख्यामा वृद्धि हुँदै

खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रभित्र हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय डोटीले जनाएको छ।

लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने

वाग्मती प्रदेश सरकारले मकवानपुर तथा चितवन जिल्लाका सीमान्तकृत तथा लोपोन्मुख जातिका लागि आवास निर्माण गर्ने भएको छ।

परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोपोन्मुख

भक्तपुरका परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोप हुने क्रममा पुगेका छन्। कुनैबेला जिल्लाका मानन्धर समुदायको घरघरमा देखिने सयौं तोरीको तेल उत्पादन गर्ने उद्योग अहिले प्रायः लोप भइसकेका छन्।

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो।

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

आर्थिक अवस्था कमजोर रहेको लोपोन्मुख जाति बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

लोपोन्मुख परम्परागत सामग्री जोगाइँदै

आधुनिक प्रविधिको विकाससँगै लोप हुन लागेका परम्परागत सामग्री जोगाउन संग्रहालय स्थापनाको काम अघि बढेको छ।

जगाउँदै संगिनी नाच

हिन्दु नारीहरुले हरितालिका तीजको अवसर लोपोन्मुख हुँदै गएको संगिनी नाच प्रस्तुत गरिने भएको छ। सोलुखुम्बुको तिंलाका महिलाले लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन्।

साकेलाको बिदाईमा लोपोन्मुख शिली

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरालगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ।

लोपोन्मुख भाकामा सुनिए पदम

खोटाङका गायक तथा संगीतकार पदम थुलुङ राई हङकङबासी नेपालीमाझ लोपोन्मुख किराती भाका लिएर हालै प्रस्तुत भएका छन्। सांगीतिक कार्यक्रमका लागि हङकङ पुगेका राईले किराँती समुदायमा रहेका लोपोन्मुख भाकालाई गीतमार्फत प्रस्तुत गरेका हुन्।

उम्मेदवारसमक्ष लोपोन्मुख लेप्चा समुदायको चाहना : भत्ता होइन, शिक्षा र प्रोेत्साहन

जिल्लामा मुख्य बसोबास रहेको लोपोन्मुख लेप्चा समुदायका नागरिकले आउँदो निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले आफ्नो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको विषयलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । सरकारले आफ्नो समुदायका लागि दिइरहेको सामाजिक सुरक्षा भत्ताभन्दा सिर्जनशील उद्यममा लाप्चाहरूलाई प्रोत्साहन गर्न उनीहरूको सुझाव छ ।

लोपोन्मुख अधिया नाच संरक्षणमा स्थानीय

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोतोचुङ (चुमाखु) र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका स्थानीय लोपोन्मुख साँस्कृतिक अधिया लगायतका नाच संरक्षणमा जुटेका छन् । बाजेपुर्खाको अन्त्यासँगै लोपोन्मुख अवस्थामा पुगेको अधिया, ख्याली, छोकडा गीत र नाच संरक्षणका लागि स्थानीय जुटेका हुन्।

लोपोन्मुख बन्यजन्तुको चोरीसिकारी बढ्यो

जिल्लामा पाइने लोपोन्मुख वन्यजन्तुको चोरीशिकारी बढ्दै गएको छ। सरकारी नियामक निकायको पहुँच नहुँदा यहाँ लोपान्मुख वन्यजन्तुको चोरी शिकारी बढ्द गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्