१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

लोपोन्मुख प्रजातिको अजिङ्गर भेटियो

सप्तरी – जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो।

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए।

प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन्। यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो।रासस

प्रकाशित: १३ कार्तिक २०७६ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App