२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चेतना अभावले सर्वसाधारणमा त्रास, स्वास्थ्य मन्त्री क्वारेन्टाइनस्थलमा

चीनमा रहेका नेपालीलाई उद्वार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएपछि यहाँका स्थानीयमा त्रास उत्पन्न भएको छ।

हल्ला कोरोनाको, संक्रमण मौसमी फ्लुको

रुघाखोकी लाग्नु, नाकबाट पानी बग्नु, ज्वरो आउनु, घाँटी दुख्नु, पातलो दिसा हुनुलगायत मौसमी फ्लुका लक्षण रहेको चिकित्सक बताउँछन्।

'नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो'

चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’’ बितेको बताएका छन्।

अझैं खुलेन रसुवागढी नाका

नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो।

१७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ।

क्वारेन्टाइनको तयारी पूरा, ब्याडमिन्टन कोडदेखि क्यारेमबोर्ड र खेल सामग्रीसम्मको व्यवस्था

सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ।

नेपाली विद्यार्थीको उद्दार गर्न नेपाल एयरलायन्सको जहाज चीनतर्फ प्रस्थान

चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल एयरलायन्सको हवाइजहाज चिनतर्फ प्रस्थान गरेको छ।

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ।

वुहानबाट ल्याइने विद्यार्थीलाई राख्न १ सय ९९ बेडसहितको क्वारेन्टाइन तयार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको बताएका हुन्।

हङकङद्वारा चीनबाट आउने बिरामीको परीक्षणमा कडाई

हङकङले चीनबाट आउने बिरामीको स्वास्थ्य परीक्षणमा थप कडाई गरेपछि शनिबार बिहान मुख्यभूमि चीनबाट निकै कम मानिस हङ्कङ आएका छन्।

चीनबाट फर्काइएका नेपालीलाई भक्तपुरमा राखिने भएपछी स्थानीयद्वारा नाराजुलुस

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुवे प्रान्तको उहान र आसपासका नेपालीलाई त्यताबाट नेपाल ल्याई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधीकरणमा राखिने समाचार बाहिर आएपछि बुधबार स्थानीयबासीले विरोध जनाएका छन्। स्थानीयबासीले नाराजुलुश गरी त्यहाँं राख्न नदिने घोषणा गरेका हुन्।

कोरोना संक्रमण देखिएका नेपालीलाई चीनमै उपचार गरिने

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याउने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल फर्किनका लागि आइतबार बिहानसम्म १८० जनाले फारम भरेको र उनीहरु सबैको स्वास्थ्य परीक्षण गरी स्वदेश ल्याइने जनाएको छ।

‘नेपालमा कोरोनाको प्रभाव छैन’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन्।

चीनमा अध्ययनरत विद्यार्थीको 'रेस्क्यू' गर्न २ वटा जहाज तयारी अवस्थामा छन्ः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन्।

काेराेना भाइरसकाे त्रास, पोखरामा छैन राम्रो तयारी

चिनियाँ पर्यटकको बाक्लो आउजाउ हुने पोखरामा नोवल कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढी भए पनि यहाँका अस्पतालले अहिलेसम्म कुनै तयारी थालेका छैनन्। पोखरामा त्यस्ता बिरामी भेटिइनसकेकाले तत्काल हतार गरिहाल्नुपर्ने जरुरी नरहेको अस्पताल सञ्चालक तथा सरोकारवालाहरूको भनाइ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्