जीप दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीको मृत्यु भएको हो।

