२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रदेश ५ : कतै बस्ती डुबान, कतै सडक अवरुद्ध

अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।

असोजसम्म यातायातको विलम्व शुल्क नलाग्ने

प्रदेश ५ मा असोज मसान्तसम्म यातायात क्षेत्रमा बुझाउनु पर्ने सरकारी दस्तुरमा विलम्व शुल्क नलाग्ने भएको छ । प्रदेश सरकारले यातायात क्षेत्रमा लाग्ने शुल्क तथा दस्तुरमा असोन्जसम्म जरिवाना नलिने भएको हो ।

सरकारको प्राथमिकतामा पर्दैन विपद

कोभिड-१९ को संक्रमणलाई जति प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेँ । विपदलाई भने त्यसरी कहिल्यै पनि प्राथमिकतामा राखेनन् । जबकी प्रदेश ५ मा कोभिडका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ तर एक महिनामा बाढी र पहिरोले मात्रै प्रदेश ५ मा भने २० जनाको मृत्यु भइसकेको छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा थप्दै प्रदेश सरकार

मासिक सेवा सुविधाका साथै स्थानीय तहका जनप्रतिधिलाई यातायात सुविधा, टेलिफोन, मोबाइल रिचार्ज, पत्रपत्रिका, इन्टरनेट, अतिथि सत्कार, खानेपानी तथा सरसफाई, विशेष सुविधासहित १४ शिर्षकमा मासिक रूपमा सुविधा उपलब्ध गराउनका लागि प्रदेश सरकारले कानुन बनाउने काममा सक्रिय भएका छन्।

प्रदेश ५ : मध्य असारसम्म आधा रोपाईँ सकियो

अघिल्ला वर्षहरुमा पानी नपरेकै कारण मध्यअसारसम्म आकाशतिर आँखा लगाउने किसानहरुले यो वर्ष भने धमाधम रोपाईँ गरिरहेका छन् ।

प्रदेश ५ : कोरोना संकटबीच राष्ट्रिय धान दिवस मनाइयो

कोरोना महामारीका बीच प्रदेश न. ५ सरकारले १७ औं धान दिवस मनाएको छ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा सोमबार कृषि विकास निर्देशनालय प्रदेश नं. ५ ले रोपाई गरेर धान दिवस मनाएको हो । उक्त अवसरमा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कोरोना महामारीले कृषिको महत्वलाई उजागर गरेको बताउँदै किसानलाई प्रोत्साहन गर्ने नीति लिएको बताईन ।

ढलान भएको १३औं दिनमा भत्कियो पुल

प्रदेश ५ मा अहिले असारे विकासको चटारो छ। निर्माण कम्पनी र कोरोनालाइ कारण देखाउँदै असारे विकासमा यहाँका जनप्रतिनिधिहरू व्यस्त छन। बर्खा लागेपछि सडक, पुल, खानेपानीलगायतका योजना धमाधम निर्माण कार्य भइरहेका छन्।

प्रदेश ५ को बजेट : आर्थिक समृद्धि, कृषि र रोजगारी

बजेटमा आगामी आर्थिक वर्षमा प्रदेशको ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरिएको छ । प्रदेशको स्वास्थ्य पूर्वाधारमा सुधारसँगै सेवामा पहुँच वृद्धि हुने, कृषि, उद्योग, पर्यटन, सिँचाइ, खानेपानी, सडक तथा शिक्षालगायतका क्षेत्रमा गरिएको लगानीबाट अर्थतन्त्रमा गतिशीलता आई समृद्ध प्रदेश र खुसी जनता लक्ष प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदेश ५ मा नमुनाको चाङ, ७ हजार ९ सय ९९ स्वाब क्युमा

प्रदेश नं. ५ मा संक्रमितको संख्या हरेक दिन थपिदों छ। भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेको संख्या बुधबारसम्म २६ हजार १६७ छ। प्रदेश र केन्द्र सरकारले परीक्षणकालागि नमुना संकलन गर्न चाहिने भिटिएम प्रयाप्त उपलब्ध नगराएपछि अधिकाँस स्थानीय तहले भिटीएम किट आफै किनेर नमुना संकलन गरिरहेका छन्। तर त्यसको अनुपातमा परीक्षणको दायरा बढेको छैन।

प्रदेश ५ : पहाडमा जोखीम बढ्यो तयारी फितलो

तीन सताअघिसम्म प्रदेश नं. ५ का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक जना शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो ।

उच्च जोखिममा प्रदेश ५ का पहाडी जिल्ला

तीन साताअघिसम्म प्रदेश का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो । त्यसयता यी तीन जिल्लामा संक्रमितको संख्या पाल्पामा नौ, गुल्मीमा सात र अर्घाखाँचीमा ३६ पुगेको छ । तीनवटै जिल्लामा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भइसकेको छ ।

प्रदेश ५ : गाउँदेखि शहरसम्म जातीय भेदभाव

गत बैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्गका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पस्छन् । सँगै गएका गैरदलित साथीहरु पानी परेलगत्तै नेत्र बहादुर काउचाको घरभित्र जान्छन् ।

क्वारेन्टिन व्यवस्थित बनाउन प्रदेश सांसदको माग

प्रदेश ५ का सांसदहरुले क्वारेन्टिनलाई मापदण्ड अनुरुप व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। बुधबारको प्रदेश सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले धेरैजसो क्वारेन्टिनको अवस्था दयनिय हुँदा मानिसहरु नै जान डराइरहेको भन्दै व्यवस्थित गर्न माग गरेका हुन।

कोरोना संक्रमित गाउँपालिका अध्यक्ष भन्छन्, 'एकान्तबासलाई अवसरको रुपमा लिएको छु'

गुल्मीकोधुर्कोट गाँउपालिकाका अध्यक्ष भुपाल पोख्रेल लकडाउन सुरु हुनुअघि देखि नै जिल्ला छोडेका थिएनन्। कोरोनाको जोखिम बढेसँगै गाँउबाट रोजगारी, पेशा व्यवसायका लागि धुर्कोट बाहिर रहेकाहरु पनि फकर्ने क्रम सुरु भयो। यो क्रम लकडाउनपछि झन बढ्यो।

अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमित भेटिए

प्रदेश नं. ५ मा ७ जना संक्रमित थपिएका छन्। पहाडी जिल्लाहरूमा पनी संक्रमितको सख्या थपिएको छ । अर्घाखाँचीमा पहिलो पटक दुइ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । गुल्मीमा दुइ जना थपिएका छन्। कपिलवस्तुमा २ जना र रुपन्देहीमा एक जना संक्रमित थपिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्