८ वैशाख २०८१ शनिबार

तीनदिनभित्र नाम र राजधानीको टुंग्याउने तयारी

गत शुक्रबार सरकारका तर्फबाट कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको ‘नाम लुम्बिनी र राजधानी दाङको देउखुरी’ राख्ने प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए।

राजधानी र नाम सम्बन्धी प्रस्तावमा मतदान गर्न ह्वीप लगाउने नेकपा संसदीय दलको निर्णय

प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी शुक्रबार प्रदेश सभामा पेश भएको प्रस्तावको पक्षमा मतदान गर्न नेकपा संसदीय दलको बैठकले ह्वीप लगाउने निर्णय गरेको छ। मुख्यमन्त्री निवासमा आज बिहान साढे ८ बजेदेखि बसेकोदलको बैठकले प्रस्तावका पक्षमा मदतान गर्ने सर्बसम्वत निर्णय गरेको नेकपाका सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

सत्तापक्षीय सांसद भन्छन्: नाम र राजधानीको प्रस्ताव अपर्झट आएकाे होइन

शुक्रबार प्रदेश सभामा पेश गरिएको प्रदेश ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी प्रस्तावमा सहमती जुटाउन अहिले नेकपा ससदीय दलको बैठक बसिरहेको छ।

पार्टीको निर्देशनमा नाम र राजधानी प्रस्तावः सत्तापक्षको मौन समर्थन, प्रतिपक्ष विरोधमा

काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नेकपा महासचिव बिष्णु पौडेलले केन्द्रमा आफू अर्थमन्त्री हुने शर्तसंग मुख्यमन्त्री शंकर पोखरेलकालागि प्रदेश राजधानी दाङ लैजान केन्द्रबाटै निर्णय गराएको दावी गरे।

नाम लुम्बिनी, दाङ राजधानी

मन्त्रिपरिषद्को निर्णय गुपचुप राखेर प्रदेशसभामा एक्कासि नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस भएपछि कांग्रेसले आपत्ति जनाएको छ । दिउँसो १ बजे प्रेदशसभा बैठक सुरु हुनुअघि प्रदेशसभा भवनसहित बुटवल नगरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सबैलाई ‘पायक’

प्रदेश ५ सरकारले प्रदेशसभामा पेस गरेको प्रस्ताव पारित भएमा प्रदेश ५ का सबै जिल्लालाई पायक पर्ने ठाउँमा स्थायी राजधानी बन्नेछ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, नाम लुम्बिनी

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।

कोरोना संक्रमितको शल्यक्रिया कोहलपुरपछि बुटवलमा शुरु

दुई साताअघि बुटवलकी कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया गर्नुप¥यो। पहिलो बच्चा शल्यक्रिया गरि जन्माएकाले दोस्रो बच्चाका लागि पनि शल्यक्रिया अनिवार्य थियो। तर, बुटवलस्थित प्रादेशिक अस्पतालमा भने कोरोना संक्रमितको शल्यक्रिया गर्न सकेन।

प्रदेश सभा सचिवालयमै बेथितिको चाङ, गाडी मर्मतमा सकियो आधा करोड

प्रदेश ५ प्रदेश सभा सचिवालयमै बेथितिको चाङ लागेको छ। सभामुख, उपसभामुख, सांसद र कर्मचारीका गाडी मर्मतमा अस्वाभाविक रूपमा खर्च गरिएको छ। कानुनविपरीत प्रदेश सभाका सचिव र कर्मचारीले सरकारी सुविधा उपभोग गरेका छन्।

कांग्रेस संसदीय दलको नेतामा कनौडिया

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।

प्रदेश ५ : प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा कनौडीया चयन

प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेता चयन गरेको हो । कनौडीया कपिलवस्तु ३ को (ख)बाट निर्वाचित प्रदेश सांसद हुन्।

जनताको आम्दानी निरन्तर घट्दै, जनप्रतिनिधिको सुविधा ५५ प्रतिशतले वृद्धि

जिसस, उपमहानगर, नगर र गाउँपालिका प्रमुखले यातायात सुविधा, टेलिफोन/मोबाइल रिचार्ज, पत्रपत्रिका, इन्टरनेट, अतिथि सत्कार, खानेपानी तथा सरसफाइ, जनसम्पर्क/विशेष सुविधा, खानेपानी तथा सरसफाइ, मर्मत सम्भार र विद्युत् ऊर्जा शीर्षकमा पनि थप पैसा पाउँछन्।

‘समुदायमा खतराको घण्टी’

प्रदेश सरकारलले पछिल्लो समय पिसिआर परीक्षण न्यून गरेर कोरोना नियन्त्रणमा सफलता हात पारेको देखाउन खोजेको छ। यसले गर्दा संक्रमण समुदायमा फैलिँदै गएको जनस्वास्थ्यविद् बताउँछन्।

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

खर्चमा प्रदेश ५ दाेस्राे

कोभिड–१९ का कारण केन्द्रदेखि स्थानीय तहको बजेट कार्यान्वयनमा समस्या आएको भनिएका बेला प्रदेश ५ मा भने अघिल्ला वर्षको तुलनामा बजेट कार्यान्वयनमा प्रगति देखिएको छ। प्रदेश सरकारले गत आव ०७६/७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्